‘प्लस टु’ कि ‘माइनस टु’ ?
अहिले अनेक सपना बोकेर सयौँ विद्यार्थी काठमाडौँ आएका छन्, ‘प्लस टु’ पढ्न। उनीहरूका सपना यो साउने भेलले नबगाओस् । उनीहरूको २ वर्ष ‘माइनस टु’ होइन, साँच्चै ‘प्लस टु’ बन्न सकोस् ।
अहिले अनेक सपना बोकेर सयौँ विद्यार्थी काठमाडौँ आएका छन्, ‘प्लस टु’ पढ्न। उनीहरूका सपना यो साउने भेलले नबगाओस् । उनीहरूको २ वर्ष ‘माइनस टु’ होइन, साँच्चै ‘प्लस टु’ बन्न सकोस् ।
२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहको पालाबाट सर्वेक्षण सुरु गर्न योजना बनेको यो(मेलम्ची)आयोजना ४४ सालमा खोला पहिचान अनि ४७ सालमा काठमाडौंको बाटो पखाल्ने कृष्णप्रसाद भट्टराईको भाषणपछि चर्चित बन्यो। योजनाहरू बने, आयोजना सुरु भयो, भाषण गरेको पनि आज २८ वर्ष बित्यो तर पानी आएको छैन। मेलम्चीले सबै दल अनि सबै नेताको नेतृत्व चाखिसकेको छ। मेलम्चीले हाम्रो राष्ट्रिय क्षमताको जाँचेको छ।
युनिभर्सिटी अफ एम्सटरड्यामका प्रोफेसर ‘मार्लियस ग्लासियस’ र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्रोफेसर ‘आर्मिन इशकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे। एथेन्स, कायरो, लन्डन अनि मस्कोका जुझारु अभियान्ताहरूलाई नागरिकहरू किन आफूले चुनेका सरकारकै विरुद्ध सडकमा आइरहेका छन् भन्ने सारसहितका प्रश्न गरे।
हाम्रा दलहरूको शिक्षा नीति अनि हाम्रो बुझाइलाई नै ‘रिसेट’ गर्ने बेला भएको छ। अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई घरबाट स्कुलसम्म कसरी पुर्याउनमै सिमित छ। अब विद्यालय भित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ। हालसम्म, दलहरूले अनि शिक्षाविद्हरुले शिक्षामा भन्न बाँकी र लेख्न बाँकी केही छैन। अब गर्न बाँकी हो।
आजभन्दा ३८ वर्ष पहिले ३८ सालकै जेठ १८ गते काठमाडौँ बस्ने नमीता, सुनीता र मीरा सँगै पोखरा घुम्न जान्छन्। २४ गते बिहानै उनीहरू बेगनास ताल घुम्न निस्कन्छन् तर उनीहरू फर्कंदैनन्। नमीता–सुनीताको लास केही दिनपछि निर्मम अवस्थामा फेला पर्छ। उनीहरूको बलात्कारपछि हत्या गरिएको पाइयो। यो घटना भएको वर्षाैं भयो। हत्यारा आजसम्म पनि पत्ता लागेको छैन।
केही दिनअघिको ‘न्युयोर्क टाइम्स’मा प्रकाशित फिलिप पी प्यानको आलेख ‘द ल्यान्ड द्याट फेल्ड टु फेल’मा चीनले कसरी प्रगति ग-यो भन्ने सन्दर्भ दर्साइएको छ। सन् ८० को दशक मध्यतिरको कुरा हो, चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध केही विद्यार्थीको एउटा समूह सांघाइभन्दा अलि पर मोगानशानको पहाडमा भेला भए। उनीहरूको एउटै एजेन्डा थियो– चीनलाई कसरी अगाडि बढाउने। त्यो बेला उक्त बहस त्यति सहज थिएन किनकि चीन आर्थिक अनि राजनीतिक अस्थिरताबाट गुज्रँदै थियो। दुई तिहाइभन्दा बढी जनसंख्या चरम गरिबीमा थियो।
आजभन्दा तेह्र सय वर्ष अगाडीको कुरा हो । अहिले जस्तो थिएन काठमाडौँ । हुने कुरा पनि भएन । केही थिएन तर पनि सबै कुरा थियो ।
केही दिनअघि न्युजिल्यानडमा एउटा घटना भयो–७ वर्षीया बालिकाले आफ्नो हजुरबा–आमा भेट्न जाँदा बाटोमा ‘लाइनम्यान’ को चिह्न देखिन्। उनले घर पुगेर सडक विभागलाई एउटा पत्र लेखिन्– ‘म त शायद यो क्षेत्रमा आउँदिन होला तर पनि म जस्तै अन्य साथीहरू यो क्षेत्रमा आउन चाहे भने यो चिह्न महिला विरोधी छ, त्यसैले यसलाई परिवर्तन गर्नुहोस्।’ उनको चिठीको जवाफ सडक विभागले यसरी दियो– ‘धन्यवाद, राम्रो कुरा जहाँबाट पनि आउन सक्छ, हामी सच्याउँछौँ ।’
शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो । सिकाइ सधैँ ‘ट्राइल एन्ड इरर’ प्रक्रिया हो ।
जब जब लोकतान्त्रिक संस्थाहरू कमजोर हुन्छन् तब तब व्यक्तिहरू शक्तिशाली बन्छन् । व्यक्तिहरू शक्तिशाली बन्ने क्रममा अधिनायकवादी चिन्तन जन्मन्छ । त्यस्तो नेतृत्वले आफूलाई शक्तिशाली बनाउन अन्य पक्षहरूलाई कमजोर बनाउँछन् ।
नेपाली राजनीतिमा कुनै पूर्वप्रधानमन्त्री अनि मुख्य नेताले राजनीतिबाट अवकास लिएको उदाहरण छैन । राजनीतिमा सजिलै जोडिन सक्ने अनि राजनीतिबाट सजिलै छुटिन सक्ने संस्कार बनाउन नसकेसम्म राजनीति पेसा नै बनिरहनेछ । हाम्रा पूर्वराष्ट्रपति रामवरण यादवलाई आफ्नो कार्यकालपछि आफ्नो डाक्टरी पेसामै फर्किन केले रोकेको छ ?
मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे। म खुसी हुँदैं धन्यवाद भन्थेंँ। अनि धेरैजसोको पुरक प्रश्न आउँथ्यो– छोरा भयो कि छोरी?’ छोरा– म उत्तर दिन्थेँ। अधिकांशको जवाफ हुन्थ्यो–ल उसो भए फेरि बधाई छ।
प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको नाफाको जिन्दगी संयोग होइन, यो देशको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोस् । तपाईंमाथि तीन करोड नेपालीको भरोसा छ, आशा छ । तपाईं हार्नुहुन्न । तपाईं जित्नुपर्छ । देशलाई प्राथमिकतामा राखेर अघि बढ्नुहोस, तपाईंलाई कसैले छेक्न सक्दैन । भगवान्सँग तपाईंको स्वास्थ्यको प्रार्थना गर्दै नेपाललाई नयाँ समृद्धिको युगमा लानका लागि शुभकामना दिन्छु।
हामीले लोकतन्त्रलाई सधैँ निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । तर, लोकतन्त्रको साँचो जग त दुईवटा निर्वाचनबीच रहेको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु भनेको नागरिक दायित्व हो, पूरै लोकतन्त्र होइन । तर हामीले अहिलेसम्म लोकतन्त्र भनेको भोट हालेर नेता छान्ने भन्ने मात्रै बुझ्यौँ । नेताले पनि लोकतन्त्र भनेको ५ वर्षमा एकचोटि भोट माग्न जाने अनि भोट ल्याएर सिंहदरबारमा बस्ने भन्ने नै बुझे । हाम्रो लोकतन्त्र यही बुझाइका कारण कमजोर हुँदै छ ।
दोस्रो विश्वयुद्ध चल्दै थियो । अमेरिकी कम्पनी ‘कोकाकोला’लाई जर्मनीमा काम गर्न निकै गाह्रो हुँदै गयो । बिस्तारै कोकाकोला कम्पनीलाई कच्चा पदार्थको कमी हुन थाल्यो । अन्य धेरै कम्पनीहरू धमाधम बन्द हुँदै थिए । कोकाकोलाको कच्चा पदार्थ त्यति बेला बाहिरबाट ल्याउन सम्भव थिएन । कम्पनीले जर्मनीमा के छ भनेर खोज्यो । त्यति बेला जर्मनीमा सुन्तला पाइन्थ्यो । कम्पनीले त्यही प्रयोग गरेर नयाँ पेय पदार्थ बनाए जसको नाम थियो, ‘फ्यान्टा’ । तत्कालीन अवस्थामा कम्पनीले टिक्ने रणनीति लियो जसले गर्दा उसलाई नयाँ कुराको आविष्कार गरायो र सफलसमेत बनायो । कम्पनीमा होस् वा राजनीति, सफलताको राज नै जनभावनालाई प्रतिनिधित्व गर्दै निरन्तर अघि बढ्नु हो।