५ आश्विन २०८१ शनिबार
image/svg+xml

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ।

बोनम्यारोमा समस्या भएकी पाल्पाकी महिला काठमाडौंमा अलपत्र

एप्लास्टिक एनिमिया रोगबाट ग्रसित पाल्पा जिल्ला तानसेन नगरपालिका–८ की २३ वर्षीया शर्मिला ठाडाको उपचारमा आर्थिक अभाव भएको छ।

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ: डा. प्रकाशशरण महत

उनी नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकोमा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज आयोजना गरेको कार्यक्रममा डा. महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिए।

कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ: रेणु दाहाल

दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो।

एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी टेबुल गर्ने अडानमा रहेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक स्थगित गरेका छन्।

राजनीतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा

कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनीतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर दाहालले एमसिसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रस्टीकरणले राजनीतिक स्वार्थका लागि कूटनीतिको दुरुपयोग गरेको देखाउँछ।

सरकारद्वारा एमसिसी टेबुल गर्ने जनाउः सभामुखले थाले गृहकार्य

सरकारले एमसिसी संसद्मा टेबुल गर्ने तयारी भएको जनाउ दिँदै आवश्यक प्रक्रिया अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको छ ।

एमसिसी संसद्मा लैजाने तयारीः यस्तो छ पारित गर्ने प्रक्रिया

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसद्मा लैजान गृहकार्य गरिरहेका छन्। दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसिसी संसद्मा प्रस्तुत हुनेछ।

एमसिसी पास गर्न मध्यमार्ग खोज्दै गठबन्धन

एमसिसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रस्ट हुँदै प्रस्तावलाई अघि बढाउने तयारी सरकारले गरेको हो।

अगाडि बढ्नुपर्छ एमसिसी

कुसूचनाका आधारमा कार्यकर्ता र सर्वसाधारणलाई उचाल्नुभन्दा जिम्मेवारीपूर्वक विषयको अवतरण अहिलेको आवश्यकता हो। त्यसका निम्ति दाहाल र नेपालले आफूलाई प्रष्ट पार्नु उचित हुन्छ।

एमसिसी पास गर्न निजी क्षेत्रको माग

मुलुकको अहितमा केही बुँदा छन् भने सांसदले छलफल गरेर हटाउनुपर्छ। तर एमसिसी परियोजना देश र समग्र विकासका लागि पास गर्नुपर्छ। विकास सहायता परियोजनालाई यसरी अड्काएर राख्न हुँदैन। राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

कांग्रेसका नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे। दाहाल र नेपालले पनि प्रधानमन्त्री देउवासँग भेट गरे। प्रधानमन्त्रीले संसद् बैठकमा एमसिसी सम्झौता पेस गर्ने बताएपछि सत्ता गठबन्धन दलबीच उत्पन्न खटपट साम्य पार्न नेताहरू सक्रिय भएका छन्।

जापानले १०.४ अर्ब दिने

युनिसेफ र नेपालका लागि जापानी दूतावासले कार्यक्रमको साझेदार निकायका रूपमा सोमबार संयुक्त विज्ञप्ति जारी गरी कोल्डचेन व्यवस्थापनमा गरेको योगदान कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगी रहेको जनाएका छन्। विश्वभरि कोरोना महामारी सुरु भएयता अर्थात् सन् २०२० जनवरी ३१ देखि सन् २०२२ को जनवरी ३१ सम्ममा चरणबद्ध रूपमा आवश्यक उपकरण उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ।

‘एमसिसीको कुनै गोप्य दस्तावेज छैन’

संस्थाले एमसिए नेपालले हदैसम्म पारदर्शिता अपनाउँदै आएको र सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेज आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको जनाएको छ।

एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

सत्ता गठबन्धनको शनिबार साँझ बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलसहित चार दलका शीर्ष नेताको अलग्गै बैठक बालुवाटारमा बसेको थियो। त्यसक्रममा एमसिसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले नेताहरूलाई चाँडो निर्णय दिन आग्रह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्