२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ। वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने जनाएको हो।

वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ। सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको छ। नीति तथा अनुसन्धानसम्बन्धी सो सम्झौतामा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष पुकार मल्लले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: १ फाल्गुन २०७८ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App