मायाले केही हेर्दोरहेनछ...
धेरै फिल्ममा दोहोरिएको कहानी जुन रिलमा मात्रै सीमित छैन रियलमै छ । एक जवान केटा अथवा हिरो जो आइएससी पढ्दैछ र हिरोइन एसएलसीको तयारीमा छिन् । हिरोइनको परिवार सम्पन्न छ, घरमै शिक्षकको व्यवस्था गर्न सक्ने । धमाधम एसएलसीको तयारीका बेला घरमा पढाउन आउने शिक्षकको बिहे पर्छ र उनी आफ्ना भाइ पर्नेलाई पढाउन जिम्मा लगाएर महिना दिनका लागि छुट्टिन्छन् । यो प्रेम कथा हो तराइका वृषेशचन्द्र लाल र काठमाडौ नेवार परिवारकी विजयाको ।