१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राधा ढुङ्गाना
राधा ढुङ्गाना नागरिक दैनिककी साेलुखुम्बु संवाददाता हुन्

राधा ढुङ्गानाका लेखहरु :

उदयपुरको घुर्मीमा जीप दुर्घटना, १० घाइते

उदयपुरको कटारी नगरपालिकाको घुर्मीमा जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । ओखलढुंगा सदरमुकामबाट काठमाडौका लागि  छुटेको जीप बुधवार बिहान दुर्घटनामा परेको हो ।

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर एक जना विदेशी नागरिकको ज्यान गएको छ । खुम्बु –पासाङल्हामु गाउँपालिका–४ लबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित

गाउँपालिकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरू आन्दोलित बनेका छन्। सल्यानका स्थानीयवासीले नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालिकाको केन्द्र नेचामा राखिएको र सोही केन्द्र आफूहरूलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष १० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका सल्यानका स्थानीय केन्द्रको माग राख्दै स्थानीय विकास मन्त्रालय सम्म गुहार्न पुगेका छन्।

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

सोलुखुम्बुको तिंलामा कोही पनि मतदान गर्न गएनन्

सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए।

नेपालको सबैभन्दा अग्लो स्याङबोचे विमानस्थल अलपत्र

एशियाकै अग्लो स्थानको बिमानस्थलको नाम पाएको सोलुखुम्बुको स्याङबोचे विमानस्थल १० वर्षदेखि अलपत्र छ। खुम्बु–पासाङल्हमु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा करिब ६० वर्ष पहिले नै निर्माण भई सन्चालनमा आएको थियो। यस विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अबतरण हुँदैनन्।

साउनमा आगो नबालिने दिङबुचे गाउँ

सोलुखुम्बु- सोलुखुम्बुको पर्यटकीय क्षेत्र दिङबुचे गाउँमा साउन महिनाभरी कुनै पनि घरमा आगो बालिँदैन। यस गाउँका स्थानीयले हरेक वर्षको साउन महिनामा आगो बाल्ने गरेका छैनन।

सोलुको लिखु पिके गाउँपालिकामा माओवादी विजयी

सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका डम्बर बहादुर बस्नेत विजयी भएका छन्। उनले ११ सय ३६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका राम बहादुर बस्नेतले ७६० मत प्राप्त गरे।

नेता सल्यान गाउँपालिका ६ का स्थानीयले भोट हालेनन्

दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार भएको मतदानमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको एउटा वडाका सर्बसाधरणहरु कसैले पनि भाग लिएनन्।

तिङलाका मतदाताले परिचयपत्र लिएनन्, वडा नै उम्मेदवार बिहिन

दोस्रो चरणको निर्बाचन हुन लागेको सबै स्थानमा आजबाट मतदाता परिचय पत्र बितरण सुरु भएपनि सोलुखुम्बुको तिङला गाउँका कुनै पनि सर्बसाधरणले परिचय पत्र लिएका छैनन्।

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

सगरमाथा आरोहणको क्रममा १४ महिनादेखि हराईरहेका विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा समिट एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ।

मापदण्ड विपरीत सडक विस्तार

सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो ।

मेयर बन्न 'ग्रिनकार्ड' त्याग

सदरमुकाम सल्लेरीका ७२ वर्षीय आङदामी शेर्पाका सन्तान सबै अमेरिकामा छन् । उनी आफैं पनि अमेरिकी ग्रीनकार्डधारी हुन् । अमेरिका जाउआउ गरिरहन्छन्।

पर्यटकको चाप खुम्बुको होटलले धान्न सकेन

पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाई खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्