२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेता सल्यान गाउँपालिका ६ का स्थानीयले भोट हालेनन्

सोलुखुम्बु-  दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार भएको मतदानमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको एउटा वडाका सर्बसाधरणहरु कसैले पनि भाग लिएनन्। जिल्लाका १ सय २० मतदान केन्द्र मध्य १ सय १५ मतदान केन्द्रमा उत्साहप्रद मतदाताको सहभागीता रहे पनि यस गाउँपालिकाको ६ नम्बर वडाका ५ मतदान केन्द्रमा एउटै पनि मत नपरेको हो।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा मतपेटिका, मतपत्र सहित आवश्यक सबै तयारी सहित कर्मचारी ब्यबस्था गरे पनि मतदाताहरु भने मतदानमा सहभागी नभएका हुन्। उनीहरु मतदाता परिचय पत्र समेत लगेका थिएनन्। दिनभरी मतदान केन्द्रमा प्रतिक्षामा बसे पनि मतपेटिका खाली बसेको सिंहकाली मावि मतदान केन्द्रका मतदान अधिकृत नारायण तामाङले बताए। उनले भने, ‘हामी बिहान ७ बजे नै मतदान केन्द्रमा सबै प्रक्रियाका साथ बस्यौँ, न कुनै पार्टीका प्रतिनिधि आए न मतदानका लागि मतदाता नै ।’ साँझ ५ बजे पछि पाँचै मतदा केन्द्रका कर्मचारीहरुले खाली मतपेटिका शिलबन्दी गरेर निर्बाचन अधिकृतको कार्यलय नेचा पुर्याएका छन्।

स्थानीय तहको पुनर्संरचना गर्दा सीमांकनमा असन्तुष्ट रहेका साविकको तिङलाका सर्बसाधरणहरु चैत्र पहिलो साता देखि नै आन्दोलनमा छन्। माग पुरा नहुँदा सम्म उक्त राज्य पुनसंरचनामा टेकेर हुने कुनै पनि निर्वाचनमा भाग नलिने अडानमा छन्। उनीहरुले आफ्नो गाउँलाई नेचा सल्यान गाउँपालिकामा गाभेर अन्याय गरेको भन्दै सोलु–दुधकुण्ड नगरपालिकामा गाभ्नु पर्ने माग गरेका छन्।

हाल कायम भएको गाउँपालिकाको केन्द्रमा पुग्न तिङलाका सर्बसाधारणलाई पैदल ३ दिन हिड्न पर्दछ भने संगै जोडीएको नगरपालिकामा आउन सडकमा करिब १० किलोमिटर कालोपत्रे सडकमा यात्रा गर्नुपर्दछ। तिङलाका अगुवा नैनबहादुर कार्कीले भने, ‘हामीलाइ दुरी, सुविधा लगायत हरेक आधारमा विभेद गरियो, हामीलाइ भावी सन्ततीले सराप्छन्, हामीलाइ न्याय नभए सम्म आन्दोलन रोकिदैन । हामी नगरपालिकामा  गाभिन चाहन्छौँ ।’ 

वर्षातमा रुझी रुझी अन्य क्षेत्रका मतदाताहरु मतदानमा ब्यस्त हुदा भने यहाँका नागरिक खेतीकिसानीमै ब्यस्त थिए ।  यस वडामा २ हजार ४ सय ७६ मतदाता रहेका छन् । वडाका लागि उमेदवार पनि नभए पछि उनीहरु मतदानमा निष्क्रिय भएका हुन्।

असार ४ गते उमेदवारको मनोनयन पत्र दर्ताका दिन नेपाली काग्रेसका सांसद बलबहादुर केसीले आफु निकट एक ब्यक्तिलाई फकाएर वडाध्यक्षको उम्मेदवार बनाउन लैजाँदै गर्दा स्थानीयले बीच बाटोबाटै थुतेर नियन्त्रणमा लिएका थिए । त्यस समयमा घटना नियन्त्रण बाहिर जाने आशंकामा प्रहरीले आन्दोलनका अगुवाइ गरिरहेका संघर्ष समितिका संयोजक बालकुमार कार्की सहित ३ जनालाइ नियन्त्रणमा लिएको छ। उनीहरुलाइ निर्बाचन अघि नै छाडीदिँदा आन्दोलन हुने र मतदानका दिन तिङलामा अशान्ति हुने आशंकमा प्रहरीले अझै हिरासतमै राखेको छ। तिङलाका सर्वसाधारणले भने निर्दोष ब्यक्तिलाई गैरकानुनी रुपमा २४ घण्टा भन्दा बढि समय हिरासतमा राखेको भन्दै आक्रोशित छन्। 

प्रकाशित: १४ असार २०७४ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App