११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मेकअपविना फेसन अधुरो

मेरो विचारमा फेसन भनेको हरेक मानिसको चलेको स्ट्यान्डर्ड र लगाउन सजिलो कपडा नै फेसन हो। यसमा पनि कतिले जरुरीका लागि लगाउँछन् भने कतिले राम्रो देखिनका लागि लगाउँछन्। जब मानव सभ्यता सुरु भयो तब फेसनको पनि सुरुवात भयो।

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।

अमरराजको नागरिक अभिनन्दन

संगीतज्ञ अमरराज शर्मा राजोपाध्यायको नागरिक अभिनन्दन गरिएको छ। संगीतबाट देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको भन्दै उनलाई ‘जन संगीत स्रष्टा’को उपाधिसहित नागरिक अभिनन्दन गरिएको हो।

निवर्तमान महाप्रबन्धक पौडेलकाे नागरिक अभिनन्दन

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका निवर्तमान महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेललाई नागरिक अभिनन्दन गर्दै बिदाई गरिएको छ। उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ–संगठन, स्थानीय संघ–संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमका साथ बुधबार दिउँसो पौडेललाई नागरिक अभिनन्दन गरिएको हो।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

‘रवीन्द्र मिश्रलाई पार्टी गलत बाटोमा छ, सच्चिनुपर्छ भन्दा नमानेपछि अलग भयौं’ (भिडियाे)

बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता थापाले विवेकशील साझा पार्टीमा निषेधको राजनीति हावी भएकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पणी गरे। ‘केन्द्रीय समिति बोलाएर आफ्नो बहुमत पुगाउन पकेटबाट सदस्य थप्ने प्रयास गरियो’, उनले भने, ‘उहाँहरुको गणीतीय खेलबाट पार्टी फुटाइएको हो।’

नागरिक फ्रन्टलाइनः उज्वल थापा, संयोजक, विवेकशील साझा पार्टी (असन्तुष्ट समूह)

नागरिक फ्रन्टलाइनः उज्वल थापा, संयोजक, विवेकशील साझा पार्टी (असन्तुष्ट समूह)

नागरिक नायक २०७५ - पुननिर्माणका अथक अभियन्ता

घरको छानोमै नमस्ते आकारको नेपाली मौलिकता झल्किन्छ । तल–माथि २–२ गरी ४ कोठाको घरको अघिल्तिर बरन्डा छ । एउटै रंगले रंगाइएका घरको बाहिरपट्टि शौचालय पनि छ।

नागरिक नायक २०७५ - ‘हिमाली सर’

जाडो छल्न काठमाडौं आएका माथिल्लो डोल्पाका विद्यार्थीलाई पढाउने अवसर नपाएका भए विनोद शाही (३६) को ‘करिअर’ले अर्कै मोड लिन्थ्यो होला। नाम र दामको सपना बोकेर उनी विदेशिएका या व्यावसायिक ‘चित्रकार’ भएर राम्रै कमाइ गरिरहेका हुन्थे।

मेरी क्लासमेट चादँनी राणा

काठमाडौँको डिल्लीबजारस्थित चारखाल अड्डा भएको ठाउँ त्यतिबेला देवकोटा, तिवारी, जोशीहरुको ठूलो बस्ती थियो। त्यही बस्तीमा एउटा तिवारी टोल थियो। त्यही टोलमा साहित्यकार भीमनिधि तिवारीको घर। त्यही घरमा भीमनिधि तिवारी र भुवनेश्वरी तिवारीको दोस्रो सन्तानको रुपमा वि.सं. २००४ माघ महिना १६ गते जन्मेकी हुन्, साहित्यकार मञ्जु काचुँली तिवारी।

आँखा नअघाउने मुस्ताङ

हेम्जा पुग्दा माछापुच्छ्रे सेताम्मे भएर टल्कियो। मनमनै लाग्यो, ‘मुस्ताङ जान लागेका भनेर स्वागत गरेको होला।’ प्रकृति त्यसरी स्वागत गर्दैैथियो, सडकले भने उल्झन थपिरहेको। विस्तार हुन लागेको रहेछ सडक। कतै निर्माण सामग्रीका थुप्रोले छेक्थ्यो, कतै निर्माण औजारले। यी दुवै नभएको ठाउँमा विपरीत दिशाबाट आएको अर्को सवारीले।

लुम्बिनी दर्शन

शान्तिका दूत गौतम बुद्ध लुम्बिनीमा जन्मेको तथ्य घामझैं छर्लंग छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९७ मै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। त्यसैले ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनेर अब तर्क–विर्तक गरिराख्नुको कुनै तुक छैन।

जाडोमा बालबालिकाका स्वास्थ्य समस्या

मंसिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडो मौसममा बालबालिकालाई विशेषगरी छालाको स्वास्थ्य समस्याले सताउने गरेको छ ।

शीतलहरले घेरिन थाले मधेसका विपन्न बस्ती

सिरहाकाे गोलबजार नगरपालिका–९ मुसहरी टोलकी ४५ वर्षीया जंगली सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन् । राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि ओछ्यान बिछ्याउनु उनको दैनिकि हो । ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो ।

चिसोमा किन बढ्छ वायु प्रदूषण ? स्वास्थ्यमा कस्तो असर पर्छ ?

जाडो मौसममा काठमाडाैं उपत्यकामा वायुप्रदूषण ह्वात्तै बढ्ने गर्छ । वातवरणविद् भूषण तुलाधर चिसोमा वायु प्रदूषण बढ्नुका मुख्य दुई कारण औंल्याउँछन् । त्यसमध्ये एउटा प्राकृतिक कारण हो भने अर्काे मानवीय कारण । तुलाधर चिसो मौसममा पानी पर्न बन्द हुने हुँदा प्रदूषणको मात्र बढ्ने बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्