मध्य तराईस्थित व्यस्त, ऐतिहासिक र व्यापारिक सहर सीमावर्ती वीरगञ्जमा दुई दशकअगाडि आएको मान्छेले अहिले आएर उति बेला प्रचलनमा रहेका खानेकुरा र ती खानेकुरा पाउने पसलहरु खोज्ने हो भने भेटाउन समस्या पर्ला । सहरले रुचाउने स्वाद फेरिएको छ । सहरको ‘फुड कल्चर’ मा धेरै परिवर्तन भएको छ ।
जर्बेरा आकर्षक फूल हो । विवाह, सभा–समारोह होस् वा घर सजाउन नै किन नहोस् जर्बेरा फूलको आकर्षण दिन प्रतिदिन बढिरहेको छ । जर्बेरा बाह्रै महिना फुल्ने फूल हो । यो फूललाई बाह्रै महिना फुलाउन सकिन्छ ।
बगैंचामा फुलेको फूल होस् वा गमलामा फुलाएर सजाउँदा कम मनमोहक देखिँदैन, जर्बेरा फूल । घर तथा अफिस नै किन नहोस् जर्बेरा फूल फुल्दा आँखाको नानीमै बिलाउन खोज्छ ।
हिरोसी मिनोवा जापानको नागासाकी सिटीमा सन् १९५१ को मे महिनामा जन्मिएका हुन् । नागासाकी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेपछि जापानका तीन ठूला बैंकहरुमध्ये सुमितोमा मिच्युयी बैंकिङ कर्पोरेसनमा उनले काम थाले । बैंकको एक्सचेन्ज विभागमा निर्देशकसम्म बनेर काम गर्दै जाँदा उनको चाख स्वास्थ्य क्षेत्रमा बढ्दै गयो । नेपालीहरुसँग संगत बढ्दै जाँदा नेपालको स्वास्थ्य र जडिबुटीमा उनको चाख गहिरियो । यसैमा काम गर्ने चाहनाका साथ उनी एकपटक आफैँ नेपाल हेर्न नेपाल आइपुगेका बेला नागरिक परिवारका लागि प्रजु पन्तले गरेको कुराकानी
पछिल्लो समय कपाललाई आकर्षक तथा स्टाइलिस्ट बनाउने शौखिनहरुको संख्या बाक्लै देखिन्छ । विशेषगरी युवापुस्तामाझ कपाललाई स्टाइलिस्ट बनाउने प्रवृत्ति बढी देखिन्छ । कपालको स्टाइलका बारेमा नागरिक परिवारमा उपेन्द्र खड्काले लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोका हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुरसँग गरेको कुराकानी :
जाडो मौसमले फेरि एक पटक छपक्क छोपिसकेको छ। दिउँसोको घाम प्यारो भएको छ। बिहान बेलुका बाक्ला र न्याना कपडा चाहिने भएको छ। चिसो बढेसँगै तातो पानी, तात्तातो झोलियो सुप, खाना ज्यानलाई आवश्यक पर्छ। घर कोठा पनि तातो र न्यानो बनाउनु पर्ने भएको छ।
मैतीदेवीस्थित न्यु ड्रेस एन्ड डिजाइनमा घट्टेकुलामा बस्ने शान्ति कार्की भेटिइन्। उनी जाडोमा लगाउने ज्याकेट छान्न आएकी हुन्। उनको रोजाइमा नयाँ डिजाइनको ज्याकेट खोज्दै थिइन्। उनले भनिन्, ‘भने जस्तो डिजाइनको भेटिदैन भेटिए पनि मनपर्ने कलरको हुँदैन। अझ मूल्य त छोइसक्नु हुँदैन।’ काठमाडौँमा जाडो बढेसँगै बजारमा पनि जाडोमा लगाउने कपडाको व्यापार बढेको छ।
लागुऔषध तस्करीको आरोपमा चिनियाँ प्रहरीको हिरासतमा रहेका एक क्यानडेली नागरिक यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।
भिसामा तोकिएभन्दा बढी समय बसोबास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिबिना (ओभर स्टे) नेपालमा बसेको भन्दै देशनिकाला गरेको हो। सन् २०१८ मा तीन सय ७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ।
उद्योगपति अविनाश बोहरा र किरण (पिंकी) बोहराको जीवनमा पनि त्यस्तै सूत्रहरु बन्दै गएका छन् । यही वर्ष विवाहको २५ वर्ष (रजत जयन्ती) पूरा गर्न लागेको यो जोडीको सुखद् दाम्पत्यको सूत्र एउटै छ ‘आपसी समझदारी ।’
‘हामी पति–पत्नीभन्दा बढी असल साथी हौं’, हालैको एक बिहान परिवारसँगको गफको सुरुमै किरणले भनिन्, ‘पति–पत्नी जब असल र राम्रो साथी हुन्छन्, त्यसबेला सबै कुरा सजिलै अघि बढ्दोरहेछ ।’
जनताका निम्ति सरकार भनेको धेरै थोक हो। आफ्ना गुनासा पोख्ने थलो पनि हो। ‘ऐय्या, दुख्यो’, ‘यो पुगेन’, ‘यो भएन’, भनेर जनताले कराउने ठाउँ नै सरकार हो। जनताले यति भन्ने स्वतन्त्रता पाउने पनि लोकतन्त्रमा मात्रै त हो। साँच्चै सुसंस्कारयुक्त मानिस र तिनका पार्टीको सरकार बनेको छ भने त्यसले जनताका यस्ता असन्तुष्टिलाई इन्धनका रूपमा ग्रहण गर्छ र राज्यसंयन्त्ररूपी बाहनलाई सही दिशामा चलाउन ऊर्जाका रूपमा कृतज्ञतापूर्वक सदुपयोग गर्छ।
विद्युतीय उपकरण जति भित्रियो त्यो मानिसमा आएको एउटा विकास हो । हामीमा विद्युतीय सामग्री जति भित्रियो त्यसले सबभन्दा ठूलो चुनौती अभिभावकलाई र स्कुललाई दिन्छ । जति विकास हुँदै गयो, त्यसले विनाश पनि त्यत्तिकै हुने गरेको छ । यसले मान्छेका भावना, सृजनशीलता, पारस्परिक सम्बन्धलाई विनाश गर्दै लगेको छ । कुनै स्कुलको प्यारेन्टिङमा गएको बेला, त्यहाँ धेरै अभिभावकले मेरो बच्चाले विद्युतीय सामान धेरै चलाउँछ के गर्ने के गर्ने भन्न थाले । त्यस प्रश्नको उत्तरमा बालबालिकाले ती विद्युतीय सामग्री लिएर जन्मेको त होइन, उसलाई ती सामग्री उपलब्ध गराइदिने त हामीले नै हो भन्नुप-यो ।
हिजोआज अब सबैथोक डिजिटल भइसक्यो । जमाना नै डिजिटल भइसक्यो । यस्तो अवस्थामा बालबालिकालाई इन्टरएक्टिभ डिजिटल खेलौना र खास किसिमका मोबाइल–ट्याब एप बनाउन थालिएको छ । तर बालबालिकाका लागि भनेर बनाइएका यस्ता सामग्रीले तिनको भलो गरिरहेको त छ ? अमेरिकामा भएको एउटा शोधले यस प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।
आज संसारले प्रविधिमा ठूलो फड्को मारेको छ । विश्वव्यापीकरणले गर्दा नेपाल पनि त्यसबाट अछुतो रहने कुरा भएन । दुई दशक अघिसम्म नेपालका गाउँमा सञ्चारका लागि चिठीपत्रको विकल्प थिएन । हिजोआज भने सबैका हातहातमा मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री पुगिसकेका छन् । प्रौढहरुलाई सूचना र सञ्चारको सामग्री बनेका यस्ता साधनहरू बालबालिकाका लागि खेलौना भएका छन् ।
एउटा समयमा नेपाली समाज संयुक्त परिवार हुन्थ्यो । जहाँ तीन पुस्ता एकै ठाउँमा बस्थे । बालबालिकाले आफ्नो खेल्ने साथी दाजुभाइ, दिदीबहिनीका रुपमा पाउँथे । घरका महिलाले देउरानी–जेठानी काम सघाउने सहयोगीका रुपमा पाउँथे । दाजुभाइ एक जुट भएर बाहिरका काम सम्हाल्थे । यस्तो अवस्थामा जो जे कुराका लागि उपलब्ध हुन्थ्यो, उसले बालबालिकालाई स्याहार्नेदेखि उनीहरुको आवश्यकताका कुरालाई ध्यान दिन्थे ।