११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सुपरस्टार बालकलाकारको दैनिकी

‘सानो परिवार, सुखी घरबार’ कसैले राजनीति गर्न सुझाएको यस्तो नारा एउटा सेलिब्रिटी कलाकारको घरमा भने ठ्याक्कै मिल्न पुग्छ । उनी हुन्, अहिलेका चल्तीका बालकलाकार अनुभव रेग्मी । काव्य स्कुलमा कक्षा ६ मा पढ्ने अनुभव अन्य बालबालिकाभन्दा कुनै अर्थमा फरक छैनन् । उनलाई पनि खेलकुद मनपर्छ, नियमित रुपमा स्कुले होमवर्कमा ध्यान दिन्छन् तर स्कुलबाहिर उनी प्रख्यात कलाकार हुन् । अनुभव साढे तीन वर्षको हुँदा ‘आचार्य’ फिल्मको छोटो भूमिकाका लागि सुटिङमा पुगेका थिए । सुटिङभरि अनुभव रोएर हैरान !

बालबालिका भर्चुअल दुनियाँमा कि लतमा ?

२० वर्ष कटिसकेका कलंकी बस्ने आशीष भर्चुअल दुनियाँमा रमाउन थालेको पाँच वर्ष जति भयो । पहिले उति साह्रो लत नलागेका उनी अहिले सपनामा समेत भर्चुअल दुनियाँमै हुन्छन् । उनकी आमा सीतादेवीले भनिन्, ‘राति पनि कहिले गन (बन्दुक) ल्याऊ भन्छ त कहिले फस्र्ट एड बक्स (प्राथमिक उपचारको भाँडो) भन्छ । कहिले म मर्न लागिसकेँ बचाउन आइज भनेर कराइरहन्छ । यो उमेरमा यसरी सपनामा कराउने गरी लत बसेको देख्दा बडो चिन्ता लागेको छ ।’

बन्ड मार्केट आवश्यक

करिब एक वर्षदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भूमिकामा रहेका सुमन शर्मा अहिले बैंकलाई उत्कृष्ट बनाउने अभियानमा लागेका छन् । विभिन्न बैंकमा दुई दशकभन्दा बढी काम गरिसकेका अनुभवी शर्मा फिजिक्स लिएर स्नातकोत्तर (माष्टर डिग्री) गरे पनि त्यतातिर नलागी बैंकिङ क्यारियरतिर लागे । नेपाल एसबिआई बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंकको उच्च ओहदामा बसेर काम गरिसकेका शर्मा बैंकिङ क्षेत्रमा आउनुअघि सामाजिक अनुसन्धानमा पनि लागे तर, काम आफूले गर्नुपर्ने त्यसको जस अरुले लिने भएपछि त्यो बाटो पनि बन्द गरेर बैंकिङ क्यारियरतिर लागेको उनी बताउँछन् ।

जेष्ठ नागरिकका लागि रातहमा न्यानो लुगा

डोल्पामा अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त न्यानो कपडा वितरण गरेको हो। मन्त्रालयको जेष्ठ नागरिक कल्याण (न्यानो लुगा) कार्यक्रम अन्तरगत ठुलीभेरि नगरपालिकाका १,२,३ र ४ वडाका ६० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाइ उक्त न्यानो कपडा वितरण गरिएको हो।

७० वर्षमा नागरिकता पाउँदाकाे खुशी : नयाँ जुनी पाएकाे महसुस भयाे

खिरीदेवी बुढा उमेरले ७० वर्ष पुगिन्। उनीसँग नागरिकता थिएन्। खप्तड छेडेदह गाउँपालिका ५ बस्ने बुढाले नागरिकता सुरुमा आवश्यक हुन्छ भन्ने थाह पनि पाएकी थिइनन्। जब वृद्धभत्ताका लागि नाम दर्ता गराउन वडा कार्यालय पुगिन्, नागरिकता खोजेपछि उनलाई त्यसकाे महत्व थाहा भयाे।

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

रुपन्देहीको सैनामैनाबाट सुन गायब गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहारका १९ वर्षीय अमन कुमार शाहले सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४ की तारा रेग्मीको डेढ तोलाको सुनको सिक्रि नि:शुल्क चम्काइदिने भन्दै गायब बनाएका थिए।

मेरै कार्यकालमा राजधानीमा रेल चढ्न पाइन्छ : मेयर शाक्य (भिडियो)

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा रेल चलाएर छाड्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा बुधवार साँझ पत्रकार श्रीराम पौडेलसँगको कुराकानीमा मेयर शाक्यले रिङ्गरोडमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनी चाइना रेल्बे ब्यूरो ग्रुप कर्पाेरेट लिमिटेडसँग डिपिआर सम्झौता भइसकेको जानकारी गराउँदै आफ्नै कार्यकालमा रेल चलाउने बताए।

नागरिकता नहुँदा स्वास्थ्य स्वयंसेविका दुःखी

उनी मानव स्वास्थ्यबारे सचेतना फैलाउँछिन्। पेसाले स्वास्थ्य स्वयंसेविका। उनको घरको बाहिरी भित्तामा राखिएको छ, उनको परिचय दिने सानो बोर्ड। त्यसमा लेखिएको छ, ‘महिला स्वास्थ्य स्वयंसेविका, नाम : रुनुमाया भुजेल, जिल्ला : चितवन, अयोध्यापुरी गाविस वडा नम्बर ९ कुसुमखोला।’ उनी बस्ने कुसुमखोला अहिले माडी नगरपालिकामा पर्छ।

व्यापारमा विश्राम हुँदैन

पोखराको चल्तीको र पुरानोमध्येको होटल बाराही समूहका अध्यक्ष हरिप्रसाद पौडेल (६७), हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँद्वारमा जन्मेका पौडेलले स्नातकतहसम्मको शिक्षा भारतको वनारसबाट लिए । पोखरामा २०३० को दशकमा सानो आकारमा पर्यटन व्यवसाय सुरु गरेका पौडेलको नेतृत्वको बाराही समूहले विस्तारित रुप लिँदै जाँदा अहिले बृहत् भएको छ । यो अवधिमा निकै नै उतारचढावको अवस्था पौडेलले बेहोरे । होटल सञ्चालन गर्दाका कठिन दिन उनको सम्झनामा अहिले पनि ताजै छन्, तर ती कठिन दिनलाई पार लगाउँदै चुनौतीका बाबजुद अहिलेको सहज अवस्थामा आएको पौडेलको निष्कर्ष छ ।

ज्येष्ठ नागरिकलाई सम्मान

नुवाकोटको ज्येष्ठ नागरिक सेवा समाजले ८० वर्ष नाघेका स्थानीय आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। जिल्लाको विदुर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो।

मिटूः एक बहस

वास्तवमा मिटू कुनै व्यक्तिगत आरोप प्रत्यारोप हाेइन। न याे कुनै पुरूषविरूद्ध महिलाकाे लडाइँ हाे। याे त एउटा अभियान हाे। याे गलत र सहि बीचकाे लडाइँ हाे। याैन हिंसाविरूद्धकाे यस अभियानले अहिले विश्वभरका पुरूषहरू संशयमा छन्।

ग्याजेट, स्क्रिन टाइम र हामी

घरमा साँझ स्कुल कलेजबाट फर्किएका सन्तान होऊन्, कार्यालयबाट थाकेर आइपुगेका आमाबुबा होऊन्, घरकै वरपर–दायाँबायाँ घुमेर आइपुगेका हजुरबा–हजुरआमा होऊन्, साँझ ढल्केपछि एकअर्कामा सम्वाद ठप्प हुने गरी सामाजिक सञ्जालमा व्यस्त हुन थालेका छन् । कुन चाहिँदो कुरा हो र कुन होइन भन्ने भेउ नपाउने गरी जे कुरा पनि फेसबुक, ट्वीटरमा अपलोड हुन थालेका छन् र फलानो त यस्तो पो भनेर छलफल गर्ने मसला बन्न पुगेको छ ।

सिकाइमा भन्दा पोशाकमा जोड

काठमाडौँ महानगरपालिकाले महानगरभित्र चलेका सबैखाले स्कुलहरूमा एउटै ड्रेस लागु गराउने निर्णय गरेको छ । स्थानीय तहको चुनाव सम्पन्न भएको वर्ष दिन पुग्न लाग्दै छ । महानगरले केही काम गरेन भन्ने आरोप चुलिँदै गएको सतहमा चर्चा कमाउने उद्देश्यका दुइटा निर्णयबारे यहाँ विमर्श गर्ने प्रयास गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्