११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पश्चाताप

वर्षाका शब्द शब्द मेराे कानभित्र छिरेर हृदयसम्म पुगिरहेकाे थियाे, आमाले सानाे छँदा हालिदिनुभएकाे तेलजस्तै। सँगै उसकाे यतिविधि माया अनि विश्वासले मलाई ग्लानिकाे पीडा पनि थपिँदै गयाे। पश्चतापले भत्भती पाेल्न थाल्याे।

लालबाबुको चेतावनी : कर्मचारी समायोजनमा जानैपर्छ, आन्दोलनको औचित्य छैन् (भिडियो)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्पूर्ण कर्मचारी समायोजन जानैपर्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै मन्त्री पण्डितले हाल चलिरहेको कर्मचारी आन्दोलनको कुनै औचित्य नरहेको भन्दै समायोजनको विकल्प नरहेको स्पष्ट पारे।

नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

गौतमबुद्ध विमानस्थल सञ्चालन जिटुजी मोडलमा

नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि गरिसकेको छ। त्यसको लागि स्वीकृति माग्दै शुक्रबार तालुक मन्त्रालयमा पत्र पठाएको प्राधिकरणले जानकारी दियो। प्राधिरकणको प्रारम्भिक अध्ययन अनुसार पनि जिटुजी मोडल उपयुक्त हुने देखिएको छ।

गुलाफ र उनी

टकटक गर्दै उनी गएको सङ्केतस्वरूप बजेको जुत्ताको आवाज बिस्तारैबिस्तारै वातावरणमा बिलाउँदै गयो । पूर्णरूपमा फक्रेको कमलको फूलजस्तो उनको मुस्कान भने यतै कतै छरिइरह्यो मेरो कोठाभरि, अझ उज्यालो आभा बनेर । मुस्कानको मीठो आलोकमा म मुस्काइरहेको थिएँ उनले हातमा राखिदिएको औषधी र रातो गुलाफ बोकेर । म फूलको सोखिन, उनी जब पनि हरेकपटक एउटा ताजा गुलाफ उनको हातमा हुन्थ्यो मेरा लागि । जसबाट सुन्दरताको दिव्यता र हलुका सुवास पोखिइरहेको हुन्थ्यो । अनौठो नाता थियो गुलाफसँग मेरो । कति चाँडै बितेछन् दिनहरू मलाई गुलाफको बानी परेको पनि । कति चाँडै दशकौँ बितेछन् उनी मेरो जीवनको अङ्ग भएको पनि ।

७६ वर्षमा नागरिकता पाउँदाकाे खुशी : 'सिरानीमै नागरिकता राखेर मर्छु'

चौकुने गाउँपालिका–८ भट्टेसेराकी थिउरी कामीले नागरिकता प्राप्तीका लागि गरेको संघर्षको फेहरिस्त लामै छ। नागरिकताकै लागि उनले वर्षौ संघर्ष गरिन्। पुर्ख्यौली थलो अछाम र सुर्खेतका विभिन्न सरकारी निकाय धाइन्।

जनमत संग्रह वा संविधान संशोधनबाट धर्म निरपेक्षता हट्नुपर्छः शशांक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने बताएका छन्।

शशांकले भने, ‘अर्काे सभापति देउवा हुनुहुन्न’ (भिडियाे)

नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले शेरबहादुर देउवा फेरि पार्टीको सभापति नहुने बताएका छन्।  बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले अर्काेपटक देउवा नै सभापति हुने बुझाई गलत भएको बताए।

नागरिक फ्रन्टलाइनः नेपाली काङ्ग्रेसका महामन्त्री प्रा.डा. शशांक कोइराला

नागरिक फ्रन्टलाइनः नेपाली काङ्ग्रेसका महामन्त्री प्रा.डा. शशांक कोइराला

नागरिकता किर्ते प्रकरण : फाँटवालालाई सरकारी वकिलको संरक्षण

किर्ते गरी नागरिकता बनाएको प्रकरणमा सरकारी कर्मचारीलाई प्रतिवादी बनाउँदा जिल्ला प्रशासन कार्यालयका तत्कालिन फाँटवालाई भने सरकारी वकिलले संरक्षण गरेका छन्।

नागरिक बडापत्रमा सीमित क्षतिपूर्तिको व्यवस्था

सुनसरी इनरुवाका अमिस खड्काले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय चावहिलबाट प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको एक वर्ष पुग्नै लाग्यो। मोटरसाइकल लाइसेन्स लिन राजस्व बुझाएको रसिद नागरिकलाई देखाउँदै खड्काले भने, ‘गत साल पुस २६ गते लाइसेन्स लिन राजस्व तिरेको हुँ, धेरैपटक यातायात कार्यालय धाइयो तर अझै लाइसेन्स पाउने छाँट देखिन्न।’

२०६४ मा वितरित नागरिकताको अध्ययन गर्दै समिति

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ बमोजिम २०६४ सालमा वितरण भएको नागरिकताको अध्ययन सुरु गरेको छ। समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा उठेका विषय सम्बोधन गर्न नागरिकताको विवरण माग गरिएको हो ।

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताबारे धारणा बनाउन माग गरिएको छ।

जनसम्पर्क समितिले कांग्रेस महासमितिमा उठाए दोहोरो नागरिकताको विषय

काठमाडौंमा चार दिनदेखि जारी काँग्रेस महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दाले प्रवेश पाएको छ।

‘खानेपानी र सडक बनाउन नसक्नेले ठुल्ठुला कुरा गरेर हुन्छ?’ (भिडियाे)

सार्वजनिक प्रशासनविद्ले अनुसन्धानविना राज्य चल्न नसक्ने बताएका छन्। बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै सार्वजनिक प्रशासनविद् द्वय प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र प्रा.डा. गोविन्द ढकालले मुलुक संघीयतामा प्रवेश गरी तीन तहमा गइसक्दा पनि केन्द्रीय सरकारले कुनै अनुसन्धान नगर्दा पुरानै संरचनाले निरन्तरता पाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्