संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले उपसमिति गठन गरेको छ।समितिको मंगलबार बसेको बैठकले सांसद वेदुराम भुषालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको हो।
विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उद्धृत गर्दै बताएको छ।