२० आश्विन २०८१ आइतबार
image/svg+xml

ललितपुरमा पकड जमाउन एमालेलाई कठिन

अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले १ हजार ४१ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका महालक्ष्मी नगरपालिकामा अहिले कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ।

सार्वजनिक बिदा थपः पर्यटनमा राहतको अपेक्षा

सरकारले हालसम्म नियमित रुपमा शनिबार मात्र सार्वजनिक बिदा दिईरहेकोमा अब आइतबार पनि थपिदिँदा त्यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको भनाई छ। सातामा दुईदिन (शनिबार र आइतबार) बिदा हुँदा आन्तरिक पर्यटनले छलाङ मार्ने व्यवसायीको भनाई छ। कोरोना भाइरसले थलिएको पर्यटन क्षेत्रलाई उकास्न अहिले आन्तरिक पाहुनाको ठूलो सहयोग रहेकोमा अब पाहुना आगमन अझै बढ्ने व्यवसायीको अपेक्षा छ। बिदा थपिँदा घुम्न निस्कने आन्तरिक पाहुनाको संख्या बढ्ने व्यवसायीले बताएका छन्।

शिक्षक राहत दरबन्दी सारेको भन्दै रिट

दैलेखको भैरवी गाउँपालिकाको एक विद्यालयमा शिक्षक राहत दरबन्दी सारेकोमा राहत दरबन्दी फिर्ता हुनुपर्ने भन्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ।

हिमपातले गाउँलेलाई सकस, व्यवसायीलाई राहत

हिमाली भेगका बासिन्दा चिसो खप्न नसकेर घरबास छाडेर नजिकका सहर झरेका छन्। हिमपातले रोकिदिएको गाउँलेकोे आउजाउ अझै सहज हुन सकेको छैन। हिमपातले हिमाली क्षेत्रमा सकस निम्त्याउँदा हिमपात भएका पर्यटकीय भेगका व्यवसायी भने हिउँकै कारण पाहुना भित्रिएकामा खुसी छन्।

मध्यमस्तरका होटललाई परीक्षार्थीबाट राहत

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो।

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत भएको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन्।

राहत पर्खंदै किसानः सरकारले घोषणा गरेको राहत महिना पुगिसक्दा पनि नआउँदा पीडित निराश

कात्तिक पहिलो साता भएको वर्षाले सुदूरपश्चिम प्रदेशमा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको थियो। प्रदेशअन्तर्गत स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्यांकअनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका ८ जिल्लामा ६ अर्ब ३७ करोड रूपैयाँबराबरको धान बाली नष्ट भएको छ।

कृषकको गुनासोः बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने,“नगरपालिकाले कृषकलाई हेरेन।”

अति विपन्नलाई राहत वितरण

रुकुममा अति विपन्न महिलाहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले तरगङ्गीनी फाउन्डेसन र महिला मानव अधिकार रक्षक सन्जाल रुकुमको सहकार्यमा यहाँका हिंसा प्रभावित, द्वन्द्व प्रभावित, एकल महिलाहरुलाई राहत वितरण गरेको हो।

पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

गाउँपालिका ६ बसेडीमा कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरेको अध्यक्ष कर्णसिंह साउँदले बताए।

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन्।

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी दातासँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने विश्वास दिलाएका छन्।

बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत

प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति एक लाख रुपैयाँका दरले राहत बितरण गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्