३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अति विपन्नलाई राहत वितरण

राहत वितरण

रुकुममा अति विपन्न महिलाहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले तरगङ्गीनी फाउन्डेसन र महिला मानव अधिकार रक्षक सन्जाल रुकुमको सहकार्यमा यहाँका हिंसा प्रभावित, द्वन्द्व प्रभावित, एकल महिलाहरुलाई राहत वितरण गरेको हो।

कोभिड र विपन्नताका कारण चुलो बल्न छोडेका अति विपन्नलाई खाद्यान्न राहत वितरण गरिएको ओरेक रुकुमले बताएको छ। दैनिक छाक टार्नको लागि असहज भईरहेका समयमा नजिकिएको ठूलो पर्व तिहार मनाउन सहज होस भन्ने उद्देश्यले २० जना अति विपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरीएको ओरेक रुकुमका जिल्ला संयोजक दीपा धितालले बताइन्।

त्रिबेणी गाउँपालिका वाड नं ३ का वडा अध्यक्ष मोहन वलिले राहत वितरण गरेका थिए। बाफीकोट २ मा महिला सदस्य लली दमाइको हातबाट वितरण गरिएको थियो। साथै मुसीकोटमा केही दिनमा राहत वितरण गरिने ओरेक रुकुमले जनाएको छ। संयोजक धितालका अनुसार कोरोना महामारीका समयमा यस अघि पनि रुकुममा अति विपन्न ३ सय परिवारलाई राहत वितरण गरिएको थियो।

राहत सामग्रीमा चामल १ बोरा, दाल १ के.जी,.नुन १ प्याकेट, तेल १ लिटर, चिनि १ केजी, चना १ केजी, च्यूरा १ केजी, जिरा पाउडर १ पोका, चियापत्ति १ पोका, साबुन २ पीस, ब्रस १ पीस, मन्जन १ पिस, नेलकटर १ पीस, सेनटरी प्याड २ वटा, काईयौ १ पीस, मास्क २५ पीस, भित्री कपडा १ वटा, रबट १ पीस, बल्यांकेट १ पीस, टबेल १ वटा, बाल्टीन १ पीस रहेको छ। राहत लिन आएकाहरुले आफूले पाएको खाद्यान्न राहतले तिहारमा सहज हुने बताएका थिए।

प्रकाशित: १५ कार्तिक २०७८ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App