८ वैशाख २०८१ शनिबार
शिक्षा

शिक्षक राहत दरबन्दी सारेको भन्दै रिट

दैलेखको भैरवी गाउँपालिकाको एक विद्यालयमा शिक्षक राहत दरबन्दी सारेकोमा राहत दरबन्दी फिर्ता हुनुपर्ने भन्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ। बुधबार उच्च अदालत सुर्खेतले दुवै पक्षलाई झिकाई गर्ने नगर्ने सम्बन्धमा १३ गतेको तारिक दिएर अन्तरिम आदेश गरेको हो।

भैरवी गाउँपालिका–५ स्थित श्री आधारभूत माध्यमिक विद्यालय थापावाडाको राहत दरबन्दी गौरी माध्यमिक विद्यालय बालेकाँडामा सरुवा गरी पदपूर्ति गरेको भन्दै सरुवा रोक्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर विष्टले रिट निवेदन दिएका हुन्।  

गाउँ शिक्षा समिति भैरवीले सिफारिस गरेको जिल्ला शिक्षा समन्वय समितिले निर्णय गरेको र जिल्ला शिक्षा समन्वय इकाईले कायान्वयन गरेको भन्दै उनीहरु विरुद्ध रिट परेको हो। उच्च अदालत सुर्खेतमा गाउँ शिक्षा समितिका अध्यक्ष प्रेमबहादुर बुढा, जिल्ला शिक्षा समन्वय समितिका समन्वय प्रमुख प्रेमबहादुर थापा र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा र निवेदक शेरबहादुर विष्टलाई झिकाई बुधबार अन्तरिम आदेश दिइएको हो।

२०७८ मंसिर ८ गते राहत दरबन्दी पदपूर्तिका लागि निर्णय गरिएको थियो।

प्रकाशित: ५ माघ २०७८ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App