२१ आश्विन २०८१ सोमबार
image/svg+xml

१० हजार बढी यातायात मजदुरलाई खाद्यान्न सहयोग

नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडाउन लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर राहत वितरण गरेको संगठन केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बताए ।

धनकुटाका स्थानीय तहको काममा आधरित राहत कार्यक्रम

धनकुटाका स्थानीय तहले ज्यालादारी मजदुरलाई काममा आधरित राहत कार्यक्रम ल्याएको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुर, विपन्न अपाङ्ग,असाह्यहरुको चुलो बल्न छाडेको छ ।

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

आफ्नै खर्चमा लाखौका सुरक्षा सामाग्री दिएपछि...

‘कोभिड १९’ संक्रमण फैलिने जोखिम बढिरहेकाबेला स्वास्थ्य सामाग्रीको जति खाँचो छ । स्वास्थ्य सामाग्रीको माग अनुसार बजारमा आपूर्ती न्यून छ । यतिबेला जसले स्वास्थ्य सामाग्री उपलब्ध गराउँन सक्छ । त्यसको वाहवाही नहुने कुरै भएन ।

प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन्।

नेपाल–युके फाउण्डेशनद्वारा राहत वितरण

‘पोखरा नेपाल–युके फाउण्डेशन’को आर्थिक सहयोगमा चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की शाखाले पोखरा आसपासका १०० परिवारलाई करिब तीन लाख रुपैयाँको अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेको छ।

सुत्केरी र गर्भवतीलाई राहत वितरण

बन्दाबन्दीले समस्यामा परेका पोखरा–९ का ४२ सुत्केरी, गर्भवती, असहाय र एकल महिलालाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ।

राहत लिन श्रम गर्नुपर्ने

पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

राहत वितरणमा नयाँ अभ्यास, ‘मामका लागि काम’

वडाबासीको लागि सडक सफा तथा मर्मत, झाडी सरसफाइ, बाटो, कुलो बनाउने जस्ता काम वडाले दुई दिन सञ्चालन गरेको थियो । कामपश्चात उनीहरुलाई चिनी, दाल, नुन, तेल, चामल लगायतका अत्यावश्यक खाद्यन्न सामग्री राहतमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

विपन्न वर्गलाई खाद्यान्न समाग्री बितरण

महागढीमाई नगरपालिकाले दुई महिना देखि जारी रहेको लकडाउनको कारणले काम नपाएका रिक्सा, टेम्पो र ठेला चालकहरूलाई खाद्यान्न समाग्री बितरण गरेको छ। रिक्सा, टेम्पो र ठेला चालकहरूले लामो समय देखि काम नपाएर भोकै बस्ने अवस्था आएकोले गर्दा उनीहरूको जिविकोपार्जनको लागि चामल, दाल र नुन लगाएतको खाद्यान्न समाग्री बितरण गरिएको हो।

लकडाउन पिडित ७ सय ३८ परिवारलाई राहत

खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउनबाट पिडित भएका ७३८ परिवारलाई राहत बाँडेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ६ वटै वडाका विपन्न परिवारलाई गाउँपालिकाले १५ लाख बराबरको चामल, दाल, नुन, तेल प्रदान गरेको हो ।

दिप्रुङमा तेश्रो चरणको राहत वितरण सुरु

लकडाउनको मारमा परेका नागरिकलाई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणमा ६ सय परिवार र दोश्रो चरणमा ४७८ परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको हो ।

राहत वितरण : कसरी चिन्ने गरिब ?

थुप्रै विधि छन्, जसका आधारमा कुन वस्ती कहाँ छन् र त्यहाँ के–कस्ता सेवा÷सुविधा पुगेका छन् र गरिब कति छन् भन्ने कुरा सहभागितामूलक तरिकाले पत्ता लगाउन सकिन्छ।

२ नम्बर प्रदेशमा प्रत्येक जिल्लामा कोरोना विशेष अस्पताल निर्माणको माग

८ जिल्लाका वडाहरुमा कति नागरिक छन् यकिन गरेको छैन । हचुवाको भरमा चिनजानलाई राहतका पोकाहरु बाँडिरहेको छ । राहतकै दुरुपयोग भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्