१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सुत्केरी र गर्भवतीलाई राहत वितरण

बन्दाबन्दीले समस्यामा परेका पोखरा–९ का ४२ सुत्केरी, गर्भवती, असहाय र एकल महिलालाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ।  टोल विकास संस्था वडा नं ९ समन्वय समितिका अध्यक्ष उत्तम श्रेष्ठको रोहबरमा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल र तेल गरेर ६५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको हो।  

युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियानमार्फत राहत सङ्कलन गरेर वितरण गर्दै आउनुभएको छ। पोखरा महानगरपालिका— ९ स्थित प्रदर्शनी केन्द्रमा ३० जनालाई र राहत लिन आउन नसकेकालाई घरमै पुर्‍याएर सहयोग वितरण गरेको अभियानका एक सदस्य माया गुरुङले बताइन। उनले भनिन, जीवनयापन सहज हुन सकिरहेको छैन, आपत् विपत्मा परेकाहरुको कष्टकर जीवनलाई देखेपछि हामीले सहयोग अभियान शुरु गरेका थियौँ, यसमा निरन्तररुपमा युके निवासी सामाजिक व्यक्तिहरुले आर्थिक सहयोग गर्दै आएका छन्

। हामी लक्षित वर्गसम्म पुगेर सहयोग गरिरहेका छौँ। उनले अहिलेको सहयोग युके निवासी इन्द्रकुमारी र शिवकुमारी गुरुङले सङ्कलन गरेर ६५ हजार रुपैयाँ पठाएकोे जानकारी दिए।  अभियानका अर्का सदस्य पार्वती गुरुङ मानवीय सेवा नै धर्म भएको बताइन्। कोरोना त्रासले मानवीय जीवन नै सङ्कटमा पर्दैछ, रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेको छ। राहत वितरणमा हिँड्दा पनि उत्तिकै जोखिम छ। यो हाम्रो पाँचौँ चरणको अभियान हो। सकेको सहयोगमा जुटेका छौँ, उनले भनिन।हालसम्म १५ लाख रुपैयाँ मूल्य बराबरको सहयोग गरेको अभियानले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७७ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App