१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयरको आफ्नै खर्चमा राहत

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले १ हजार ४ सय ७१ परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई मेयर नेपालीले आफ्नै खर्चमा राहत उपलब्ध गराएका हुन्।

नेपालीले तमानखोलामा २ सय ३१ घर परिवार, ढोरपाटन नगरपालिकाका १ हजार भन्दा बढी परिवार र बडिगाडमा २४० गरि १ हजार चार सय बढी परिवारलाई दिने राहत हस्तान्तरण गरेका छन्। अब निसिखोला गाउँपालिकामा राहत वितरण गर्ने योजना रहेको मेयर नेपालीले बताए।

मंगलबार ढोरपाटनका मेयर नेपालीले बडिगाड गाउँपालिकामा २ सय ४० परिवारलाई २ सय ४० बोरा जिरा स्टिम चामल, सोही परिमाणमा दाल, नुन र सोही परिमाणमै खानेतेल बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजालाई हस्तान्तरण गगरेका हुन। लकडाउनका कारण विपन्न परिवारहरु भोकै बस्न नपरोस भनेर आफूले पश्चिम बाग्लुङका ढोरपाटन नगरपालिका लगायतका अन्य पालिकाहरुमा खाद्यान्न सामाग्री वितरण गरेको मेयर नेपालीले बताए।।

साथै उनले आफूले दिएको खाद्यान्न सामाग्री वास्तविक पीडितले पाउनेमा बडिगाड गाउँपालिकाप्रति आफू विस्वस्त रहेको पनि बताए। खाद्यान्न सामाग्री ग्रहण गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष पाईजाले बडिगाड गाउँपालिकामा पनि खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद दिँदै उक्त सामाग्रीहरु गाउँपालिका भित्र रहेका लकडाउनका कारण प्रभावित दैनिक ज्यालामजदुरी गरेर जिवोकोपार्जन गरिरहेकाहरुलाई वितरण गर्ने पनि बताए। 

प्रकाशित: २१ जेष्ठ २०७७ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App