coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१० हजार बढी यातायात मजदुरलाई खाद्यान्न सहयोग

क्याप्शन

नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडाउन लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर राहत वितरण गरेको संगठन केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बताए । 

विहान उठेपछि मजदुरको घरमा चुल्हो बलेन भन्ने खबर आउँछ । त्यस्ता ब्यक्तिको पहिचान र सहयोग जुटाईदिने क्रम चलेको २ महिना बढी भयो । लकडाउनका कारण सवारीसाधन घर, ग्यारेजमा थन्किएका छन् । त्यसैले सहयोग जुटाएर राहत वितरण गरिरहेको अध्यक्ष राईले बताए । राहतका लागि केन्द्रीय तहमा केन्द्रीय कमिटी र बागमती प्रदेश कमिटीको संयुक्त पहलमा काम भइरहेको छ । 

बाँकी प्रदेशमा प्रदेश कमिटीहरु र ईकाई कमिटीहरु स्व‌यम क्रियासिल गराएर रहत वितरण गरिरहेको राईले बताए । संगठनले जारी गरेको विज्ञप्ती अनुसार हालसम्म प्रदेश १ मा दुई हजार ७५६ जना, प्रदेश २ मा पाँचसय ५० जना, बागमती प्रदेशमा दुई हजार १६४ जना, गण्डकी प्रदेशमा एक हजार ९५०, प्रदेश ५ मा एक हजार ६७७जना र सुदुरपश्चिम प्रदेशमा एकहजार १७४ जना लाई खाद्यान्न सहयोग गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका करिव एक लाख ६५ हजार सदस्यहरु मध्ये अध्यावधिक ३२ हजार सदस्यहरुलाई लक्षितगर्दै संगठनले देशभरी अत्यन्त समस्यामा परेका सदस्यहरुलाई खाद्यान्न सहयोग गर्दै आईरहेको छ । न्युनतम साढे १२ केजीदेखि अधिकतम २५ केजीसम्म चामल, दाल, तरकारी, तेल, सावुन र नुन वितरण गरेको छ । 

कतिपय जिल्लामा पटकपटक राहत वितरण गरेको संगठनका महासचिव नवराज घिमिरेले बताए । त्यस्तै सरकारी निकायलाई समेत संगठनले सहयोग गरेको छ । पनौति नगरपालिकालाई पनौति रुट ईकाई कमिटीले ४२ हजार, दाङको तुलसीपुर नगरपालिकालाई तुलसीपुर नगर कमिटीले २५ हजार ८३० रुपैया र मेची राजमार्ग ट्रक ईकाई कमिटीले विर्तामोड नगरपालिकालाई ३० हजार रुपैया सहयोग गरेको महासचिव घिमिरेले बताए । 

सरकारले दिएन राहत दैनिक ज्यालादारी मजदुर, विपन्न र गरिवलाई राहत प्रदान गर्ने निर्णय सरकारले चैत्र १६ गते गरेको थियो । निर्णयसंगै यातायात मजदुरहरु पनि खुशी बनेका थिए । तर, सरकारले प्रदान गर्ने मापदण्डभित्र यातायात मजदुर परेनन् । स्थानीयतहमा निवेदन दिएर पाईने सरकारी राहतका लागि कतिपय स्थानीय जनप्रतिनिधिहरुले यातायातमजदुरहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको संगठनका अध्यक्ष राईले बताए ।

सरकारी राहत कोटामा यातायात मजदुरहरु नपरेपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले २०७६ चैत्र ३० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई पाँचबुँदे ध्यानाकर्षण पत्र थमाएको थियो । कोरोना नियन्त्रणका लागि रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा बनेको उच्चस्तरिय समन्वय समितिको बैठकमा प्रस्तुत गरेर समस्या सुल्झाउने आश्वासन मन्त्री नेम्बाङले दिएपनि यातायात मजदुरलाई वेवास्ता गरिएको अध्यक्ष राईले दुखेसो गरे ।

प्रकाशित: २३ जेष्ठ २०७७ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App