५ आश्विन २०८१ शनिबार
image/svg+xml

किसानलाई लकडाउनमा भ्याई नभ्याई

मुलुक विगत २३ दिनदेखि कोरोना रोकथामका लागि लकडाउनमा छ। अधिकांश मानिसहरु घरभित्रै बसेका छन्। सरकारले नै सबैलाई घरभित्र बस्न भन्दै आएको छ।

खडेरी पीडित किसानलाई मकैको बीउ वितरण गर्दै नगरपालिका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरणको तयारी गरेको छ । २०७६ सालको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवा पनि मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई नगरपालिकाले मकैको बीउ वितरणको तयारी गरेको हो । खडेरीका कारण मकैको बीउविहीन बन्न पुगेका किसानलाई प्रतिघर ४ केजीका दरले मकैको बीउ उपलव्ध गराउने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

काँक्रा टिप्दै, मिल्काउँदै किसान

घरको पिँढीमा, करेसाको छेउमा, बारीमा, बाटोमा चारैतिर देख्दै लोभलाग्दो काँक्रो मिल्किएको छ। आँखाले देखुन्जेल बारीमा लटरम्म फलेको छ।सडकछेउमा त्यस्तै मिल्किएको।

घुम्ती पसलमार्फत किसानको तरकारी उपभोक्ताको दैलोमा

लकडाउन सुरु भएको दिन भक्तपुरका च्याउ किसानसँग बजार पठाउन ठिक्क पारेको सात सय किलो च्याउ थियो। लकडाउनले बजारमा लैजाने र बिक्री गर्ने कुरा सहज थिएन।

दुरी कायम गर्दै, खेतमा मकै गोड्दै

खेतबारीमा किसानहरू यतिबेला मकै गोड्न व्यस्त छन्। जिल्लाको कमलामाई नगरपालिका– ४ की निरू सापकोटा आफ्नो खेतमा मकै गोड्दै थिइन्। उनी मात्रै नभएर उनका खेतला १५ जना खेताला थिए। मकै गोड्नेक्रममा पनि खेताला बिच दुरी कायम गरि मकै गोडिएको उनले बताइन्। अहिले कोरोना भाइरसको त्रास खेतबारीमा पनि देखिन थालेको हो।

दाना खान नपाएर धमाधम मरे कुखुरा

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर २ पहाडीपुरका दीपक गुरुङ अहिले निकै तनावमा छन्। करोडौंको लगानीमा उनले सञ्चालन गरेको फर्मका कुखुरा दाना खान नपाएर धमाधम मरिरहेका छन्, भने अर्कोतिर किस्ता बुझाउन बैंकबाट दिनहुँजसो फोन आइरहेको छ।

कोरोना कहर : किसान बेच्छन्, स्थानीय सरकार किन्छन्

कोरोना भाइरस (कोभिड–१९)का कारण हाल बिश्व नै आक्रान्त छ। कोरोना भाइरसको संक्रमण फैलिने त्रासका कारण हाल शहर, बजारदेखि व्यापारिक केन्द्र ठप्प छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण गाउँ–गाउँका हाटबजार पनि बन्द छ। गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार बन्द हुँदा अधिकांश किसानले दश नंग्रा खियाएर उत्पादन गरेको तरकारीले बजार पाउन छाडेको छ। बजार बन्द हुँदा आम किसानले उत्पादत गरेका तरकारी बारीमै कुहिएर र सकिएर खेर जाने अवस्थामा पुगेको छ।

पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क

पाथीभरा क्षेत्रका एक किसानले भने आफ्नो बारीमा उत्पादन भएको साग बजारभरी निःशुल्क दिएर उदाहरणीय काम गरेका छन्।

किसान भन्छन्: बेच्न लान त पाईन्छ, किन्दिने मान्छे भएनन्

तरकारी बारीमै भेटिएका फिदिम– २ साम्दीका किसान चुडामणि काफ्लेले बन्दाकोभी नबिकेको चिन्ता सुनाए। घरको आगनै नजिक रहेको बारीमा फस्टाएको बन्दाकोभी देखाउदै काफ्ले भने ‘होटल बन्द भएपछि त बन्दाकोभी कहाँ बिक्तो रहेछ। गाई, भौसिलाई पनी कति खुवाउनु। हेर्नुन बोटमै छ बन्दा कोभी।’

प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह

कृषि ज्ञान केन्द्र नुवाकोटले प्राविधिक कार्यदल बनाएर किसानलाई सेवा प्रवाह गरिरहेको छ।

खसीबोकाको कारोबार ठप्प

बाख्रापालन व्यवसायमा पनि कोरोनाजन्य समस्या देखिन थालेको छ। पशु सेवा विभागको तथ्यांकअनुसार नेपालका ५१ प्रतिशत किसानले बाख्रापालन गरेका छन्।

‘लकडाउन’को मारमा परेका किसानको तरकारी गाउँपालिकाले किन्याे

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका किसानको तरकारी खरिद गरिदिएका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा बजार नपाएका काउली र बन्दा खरिद गरिदिएका हुन्।

डोल्पाली किसानलाई धानको बीउ राख्ने चटारो

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउनको गरेको १६ औं दिन पुगेको छ। देशका मुख्य बजार र सडक लकडाउनका कारण सुनसान छन्। तर हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका बासिन्दा लकडाउनको समयमा खेतीपातीमा ब्यस्त देखिन्छन्। उनीहरूलाई खेतीपातीको कामले भ्याईनभ्याई छ। त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका रूपबहादुर खत्री लगायत त्रिपुराकोटका बासिन्दाहरू  खेत खोनजोत गर्दै थिए।

बजारमा ५० रुपैयाँ प्रतिकिलो, बारीमै सडे किसानका काँक्रा

टीकापुर बजारमा काँक्रा प्रति किलो ५० रुपैयाँ पर्छ। त्यो पनि केही सीमित तरकारी पसलमा मात्रै किन्न पाउँछ। अघिपछि जहाँ कहीँ काँक्रा किन्न सम्भव छैन।

दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्री वितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्