५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दुरी कायम गर्दै, खेतमा मकै गोड्दै

सिन्धुलीको कमलामाई नगरपालिका ४ कुमालफाटका किसान मकै गोड्दै। तस्विर अनिल भण्डारी, नागरिक।

सिन्धुली – खेतबारीमा किसानहरू यतिबेला मकै गोड्न व्यस्त छन्। जिल्लाको कमलामाई नगरपालिका– ४ की निरू सापकोटा आफ्नो खेतमा मकै गोड्दै थिइन्। उनी मात्रै नभएर उनका खेतला १५ जना खेताला थिए। मकै गोड्नेक्रममा पनि खेताला बिच दुरी कायम गरि मकै गोडिएको उनले बताइन्। अहिले कोरोना भाइरसको त्रास खेतबारीमा पनि देखिन थालेको हो। 

किसानका लागि यो सिजन मकै गोड्ने, छर्ने, गहुँ काट्ने, मुसुरो उखल्ने, चैते धान लगाउने, लगाएतका कामले भ्याइनभ्याइ छ। सिन्धुलीका कमलामाइ नगरपालिका ४ कुमालफाँटका किसानलाई यतिखेर मकै गोड्ने चटारो छ। किसान बिहान देखिनै मकै गोड्न व्यस्त हुन्छन्। लकडाउनको समयमा सदरमुकाम सिन्धुलीमाढीका मुख्य बजार क्षेत्र र राजमार्ग सुनसान देखिए पनि गाउँमा भने किसानले बाली लगाउने र भित्र्याउनेका कारण त्रासकै बीच चहल पहल बढाएका छन्।  यसलाइ किसानहरु दैनिकीझै सहजरुपमा लिएको देखिन्छ ।  हातमा कोदालो लिएर खेतमा खेतमा झरेका अधिकांश किसानलाई मकै गोडि सक्नुपर्ने बाध्यतासंगै चटारो छ। मकै लगाएको गह्रो सुकेर खरपट्ट हुन थालिसक्यो, बोट पहेलो हुन थालेको छ, त्यसैले अहिलेको प्राथमिकता मकै गोड्ने हो, किसान सापकोटाले भनिन्, उम्रिएका मकै पनि पहेंलिन थाल्यो, गोड्ने समय घर्किए मकै मौलाउन सकिने त्यसैले मकै गोड्न खेतमा आएका हौं,  उनले थपिन्। 

‘कोरोनाको डर भनेर के गर्नु मकै भएन् भने हामी किसानको उठिवास नै लाग्छ, सँगै मकै गोड्दै गरेका अर्का किसानले भने ‘जन लगाएर मकै गोडाएर भएपनि समयमै गोड्नुपर्छ।’ किसानहरूले कोरोना भाइरसको बारेमा बराबर सुनेका छन्।  ‘त्यसबारे सचेत भएरै खेतमा एक अर्काबीच दुरी राखेर काम गरिएको किसान बताउँछन्।  रोग आउछ भनेर डराएर बसेर पनि भएन्। आआफ्नो काम बाहिरकासँग छेउछाउ नपरि भएपनि गर्नैप¥यो’, उनले भने। 

जिल्लाको अन्न भण्डारको रूपमा रहेको कमलाखुँज मरिण क्षेत्र, तीनपाटन क्षेत्र लगायतका किसानलाई पनि यतिखेर बाली लगाउन र भित्र्याउन भ्याई नभ्याई रहेको त्यहाँका किसान बताउँछन्। महाभारत क्षेत्रका किसानका बारीमा चिसोको मात्रा प्रसस्तै भएपनि किसानहरु मकै छर्न समेत व्यस्त देखिएका छन्।   बर्ष दिनसम्म खाने बालीनाली उब्जने खेत बाँझै बस्ने भएपछि सर्तकता अपनाएर बालीनाली लगाउन र भित्र्याउन किसान लागि परेका छन्। कोरोना भाईरसको संक्रमणबाट जोगिन, सतर्कता अपनाउदै काम नगरे भोलीका दिनमा उल्टै गाँउमा भोकमरी हुने किसानको बुझाइ छ। कृषि ज्ञान केन्द सिन्धुलीका अनुसार सिन्धुली जिल्लामा बर्सेनी ६ हजार १ सय ५० हेक्टर जमिनमा गहुँ खेती, २७ हजार १६० हेक्टर जमिनमा मकै खेती र दुईहजार १९ हेक्टर जमिनमा तेलहन बालीको खेती हुदै आएको तथ्याङक छ।

किसानले लगायतको तरकारीले समेत यतिबेला भाँउ पाएको छ। बाहिरी जिल्लाको तरकारी सिन्धुलीका तरकारी बजारमा आउन छाडेसँगै जिल्लाका किसानको तरकारीले भाँउ पाएको हो। मैले नगरपालिका भरका किसानलाई तरकारीको अवस्था के कस्तो छ, विक्रि गर्ने बेला भएको भए तरकारी बजारमा ल्याएर बेच्नुस् भनेको छु, सबैतिरका किसानको तरकारी यतिबेला खपत हुन्छ’, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले भने । 

 

प्रकाशित: ३० चैत्र २०७६ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App