२० आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारले दाबी गरेभन्दा पनि बढी प्रमाण जुटाएको विज्ञ समूहको दाबी

नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठित विज्ञ समूहले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको छ।

ब्यवस्थित तरिकाले सीमा खुल्ला गर्न माग

पछिल्लो सावा ६ महिनादेखि नेपाल र भारतबीचको सिमानाका औपचारिक रुपमा बन्द रहेको छ। कोरोना भाइरसको संक्रमणको रोकथामका लागि मन्त्रिपरिषदले चैत १० गते नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो।

काँग्रेसमा कमजोर बन्दै नैतिकता

कोभिडको कहर कहिले टुंगिने हो थाहा छैन तर काँग्रेससँग धेरै पछाडि धकेलेर महाधिवेशन गर्ने संवैधानिक छूट पनि छैन।

मितेरी पुल गएर सामान ल्याउनुपर्ने बाध्यता हट्यो

नेपाली व्यापारीले खरिद गरेका सामग्री रसुवागढीको मितेरी पुलमा गएर ल्याउनुपर्ने बाध्यता हटेको छ। आइतबारदेखि चिनियाँ गाडीले रसुवागढी नाकावारि अर्थात नेपाली भूभागमा नै सामान ल्याइदिन थालेका छन्।

थप सवा दुई अर्ब लिन इण्डियन आयलको दबाब

आइओसीले नेपालमा युरो–६ मापदण्डको तेल पठाउँदा लागत बढेको दाबी गर्दै लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) मूल्य बढाएर सूची पठाएको छ। यसअनुसार भुक्तानी दिने हो भने नेपालले वार्षिक सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी दिनुपर्ने हुन्छ।

कांग्रेस नेता गगन थापासहित ६० जना बढीमा कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठसहित ६० जना भन्दा बढिमा संक्रमण देखिएको हो।

निगमले पम्प खोल्न ५८ स्थानीय तहसँग जग्गा माग्यो

–निजी क्षेत्रको व्यापार खोस्न होइन। बजारमा उपस्थिति जनाएर मोडल पम्प बनाएर सेवा दिन पम्प निर्माण गर्न लागिएको हो। सुरेन्द्र कुमार पौडेल, कार्यकारी निर्देशक, नेपाल आयल निगम

नेपाल–भारत नाका बन्द हुँदा पेन्सनधारी समस्यामा

नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन्।

सरकार संविधानप्रति इमान्दार देखिएन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान प्रद्दत्त अधिकारलाई कुन्ठीत गर्न लागि परेको आरोप लगाएका छन्। गान्धी जयन्ती एबं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनाराण निधि प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सरकार त्यसप्रति अनुदार बन्दै गएको जनाएका हुन्।

गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो।

न्यायालयको गन्तव्य

आज नेपाल बारले न्यायपरिषद्को सदस्यका लागि बायोडाटा मगायो, भोलि प्रधानमन्त्रीबाट नियुक्त हुने अर्का सदस्यको बायोडाटा मगाउलान् । न्यायिक नियुक्तिको यो कस्तो परिपाटी बन्न लाग्यो आश्चर्यको विषय बनेको छ ।

नेपाल-इजरायलबीच श्रम सम्झौता, पहिलो चरणमा पाँच सय नेपाली कामदार जान पाउने

नेपाल र इजरायलबीच श्रम सम्झौता र सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री एच.इ. गाभी अस्केनाजीले हस्ताक्षर बुधवार गरे।

कांग्रेसले सडक र सदन तताउने

सभापतिज्यू अरुमाथि आफैंले लागु गराएको नियम आफूमाथि चाहिँ लागु हुनुहुँदैन भन्ने अवधारणा र मान्यताले हामीलाई पार्टी–जीवनबाट अराजकतातिर धकेल्छ, लोकतन्त्रबाट च्यूत गराएर भीडतन्त्रमा प्रवृत्त गराउँछ।

बलि दिन भारततर्फ लैजाँदै गरेका दुई किशोरीको सीमाबाट उद्धार, सँगै पक्राउ परे भिनाजु

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्