१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार संविधानप्रति इमान्दार देखिएन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान प्रद्दत्त अधिकारलाई कुन्ठीत गर्न लागि परेको आरोप लगाएका छन्। गान्धी जयन्ती एबं अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनाराण निधि प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सरकार त्यसप्रति अनुदार बन्दै गएको जनाएका हुन्।

शान्तिपूर्णरुपमा भेला हुने, बोल्ने, लेख्नेसहितका अधिकारलाई संविधानले ग्यारेन्टी गरेको जनाउँदै देउवाले संविधानले दिएको अधिकारलाई र्निवाध प्रयोग गर्ने र गर्न पाउने अधिकारको सुनिश्चित गराउने दायित्व सरकारको भएको बताए। त्यसले मात्र परिवर्तन र लोकतन्त्रले सार्थकता पाउने उनले बताए। तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधानसभाबाट संविधानले लेख्ने र तयसको कार्यान्वयनको एउटा चरण पुरा भएपनि अझै शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको काम बाँकी रहेको देउवाले बताए। बाँकी काम पुरा गर्न सरकार र सत्तारुढ दलले चासो नदेखाएको धारणा राख्दै देउवाले भने, ‘शान्तिलाई ग्यारेन्टी गर्न बाँकी काम छिट्टै पुरा गर्नुपर्छ। सरकारको जिम्मेवार भएर अघि बढोस्।’

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारले संविधानले गरेका व्यवस्थालाई सरकारले आफु अनुकुल चलाएर त्यसको मर्ममाथि प्रहार गरेको आरोप लगाए। व्यक्तिको सुविधान अनुसार ससंबैधनीक संरचनाहरू नचलाउन सरकारलाई सचेत गराउँदै पौडेलले भने, ‘नेता पनि व्यवस्था र संविधानको दायरामा बाँधीनुपर्छ। संधै मेरो, सबै मेरो लोकतन्त्र होइन। यो ठालुतन्त्र हो त्यो अब अन्त्य हुनुपर्छ। कार्यक्रममा, उपसभापति विमलेन्द्र निधि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेताहरू मीनेन्द्र रिजाल, रमेश लेखकसहितका विभिन्न व्यक्तिले नेपालको शान्ति प्रक्रिया र महात्मागान्धीका विषयमा चर्चा गरेका थिए।

 

 

प्रकाशित: १६ आश्विन २०७७ १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App