२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अवरुद्ध भिमदत्त राजमार्ग पाँच घण्टापछि खुल्यो

बुधबार मध्यान्हदेखि अवरुद्ध भिमदत्त राजमार्ग बेलुकबाट सञ्चालनमा आएको छ। करिब पाँच घण्टापछि राजमार्ग सुचारु भएको हो। मंगलबार मध्यान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले उचित क्षतिपुर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्।

मृतकका आफन्तद्वारा भिमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने मुख्य सडक भिमदत्त राजमार्ग अवरुद्ध पारिएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम खण्ड निर्माणमा अन्यौल

राजमार्गअन्तर्गत सिन्धुली सरमुकाम तथा मकवानपुरका १३ किलोमिटर सडक नक्साङ्न तथा मुअब्जा विवादका कारण अन्यौलमा परेको हो।

पुष्पलाल मध्यपहाडी राजमार्ग, सदरमुकामबाटै कालोपत्रे

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयको विवादका कारण रोकिएको निर्माण कार्य तत्काल हुने भएको छ। लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान भएपछि सदरमुकामबाटै राजमार्ग कालोपत्रे हुने भएको हो।

सुदूरका पहाडी जिल्लामा हिमपात, भिमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ। घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ। डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ।

मदन भण्डारी राजमार्ग निर्माणको ६० प्रतिशत काम सम्पन्न

मदन भण्डारी राजमार्ग (धरान—चतरा—सिन्धुली—हेटौँडा)  निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ।

पक्की बनेको तीन महिनामै सडक चिराचिरा

बिपी राजमार्गस्थित सोलाभन्ज्याङबाट सिन्धुलीगढीसम्म जाने सडक पक्की बनाएको तीन महिनामै चिराचिरा परेको छ। सोलाभन्ज्याङ हँुदै चपौली, मझुवा नागीसम्म जाने उक्त सडकको पहिलो प्याकेजअन्र्तगत सिन्धुलीगढीसम्म पक्की बनाइएको थियो। ऐतिहासिक सिन्धुलीगढी जाने पर्यटकलाई सुविधा होस् भनेर सुरुमा डेढ किलोमिटर खण्डमा कालोपत्रे गर्ने योजना अघि बढेको थियो।

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् ।

बसको ठक्करबाट घाइते बालकद्वयको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको बौनियाँमा बिहिबार साँझ बसले ठक्कर दिएका दुवैजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । घाइते मध्ये बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिङ–पोखरा सडक चार लेन बनाउन एडिबीको साढे २१ अर्ब

नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले मुग्लिन–पोखरा सडक स्तरोन्नतिका लागि एक सय ९५ मिलियन अमेरिकी डलर (करिब साढे २१ अर्ब रुपैयाँ) दिने भएको छ। यो अनुदान नभएर सहुलियत ब्याजको ऋण हो। एडिबीको नेपालस्थित कार्यालयका अनुसार मुख्य कार्यालय मनिलामा बुधबार भएको बैठकमा ऋण स्वीकृत भएको हो।

विपी राजमार्गमा मालवाहक सवारी तौल गर्न धर्मकाँटा सञ्चालन

विपी राजमार्गमा नियम विपरित भार बोक्ने मालवाहक सवारी बढेपछि यहाँको सिन्धुली ट्रक व्यवसायी संघले मालवाहक सवारीले बोक्ने सामानको तौल गर्न सुरु गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा धर्मकाँटा संचालन गरि ट्रकको वजन तौल गर्न थालिएको हो।

धादिङको धुनिबेसीमा शंकास्पद बस्तु भेटियो

पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेसी नगरपालिका वडा न ६, चालिसेमा आइतबार बिहान शन्कास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्ग सुधार गर्न जुम्लाबासीको माग

सुझाव संकलन गर्दै जुम्ला पुगेको अर्थ व्यवस्था समितिको टोलीलाई जुम्लाबासीले कर्णाली राजमार्ग सुधार गरिदिन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्