२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मृतकका आफन्तद्वारा भिमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा– सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने मुख्य सडक भिमदत्त राजमार्ग अवरुद्ध पारिएको छ।

मंगलबार मध्यान्ह भएको सवारी दुर्घटनामा एक जनाको भृत्यु भएपछि मृतकका आफन्तले उचित क्षतीपुर्तीको माग गर्दै बुधबार मध्यान्ह देखि राजमार्ग अवरुद्ध पारेका हुन्। सडकमा टायर जलाउँदै अवरुद्ध पारिदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको आवागमन ठप्प भएको छ। यातायात ठप्प हुँदा यात्रु अलपत्र परेका छन्। 

महाकाली यातायात समितीको बससंग मंगलबार मध्यान्ह मोटरसाईकल ठोकिदा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जना गम्भीर घाईते भएका थिए। जिल्ला सदरमुकाम बागबजार भन्दा १ किलोमिटर पर अमरगढी नगरपालिका–१ चालिस मोड नजिक दुर्घटना भएको हो। 

महाकाली यातायात समितीका आधिकारिक व्यक्तिसंग वार्ता गरी उचित क्षतीपुर्ती पाउनु पर्ने माग राख्दै मृतकका आफन्तले बुधबार मध्यान्हदेखि रामार्ग पुर्ण रुपमा बन्द गराएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानायो। 

कञ्चनपुरको महेन्द्रनगरबाट बंझाङ्गको लागी छुटेको ना ७ ख ६५२२ नम्बरको बससँग विपरित दिसातर्फ गइरहेको से ४ प ५८८० नं. को मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० बर्षीय भरत बोहरको दुर्घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाईकल चालक गन्यापधुरा गाउपालिका–३ सेल्तडाका १९ बर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। घाईते ठगुन्नालाई उपचारका लागी कैलाली रेफर गरिएको थियो। 

दुर्घटनामा परि ज्यान गुमाएका बोहराको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ। क्षतीपुर्तीको कुराकानी नभए पछि मृतकको पोष्टमार्टम हुन सकेको छैन। महाकाली यातायात समितीका आधिकारिक व्यक्तिसंग उचित क्षतिपुर्तीको माग राख्दै आफन्तले भिमदत्त राजमार्गको अमरगढी नगरपालिका–१ स्याउले बजार र डा.केआई सिंह राजमार्गको अमरगढी नगरपालिका–१० को राईमा सडक अवरुद्ध पारेका छन। 

महाकाली यातायातका डडेल्धुरा ईञ्चार्जले मंगलबारदेखि नै सक्रियाता देखाई मृतकलाई क्षतीपुर्ती र घाईतेको उपचारका लागी कानुन संवत कुराकानी गरे पनि आफन्तले आधिकारिक रुपमा समितीका अध्यक्षसंग नै वार्ता गर्नै बताउदै सडक अवरुद्ध पारेको प्रहरी नायव उपरिक्षक दधिराम न्यापानेले बताए।

मृतकका परिवारलाई कानुन बमोजिम क्षतीपुर्ती र घाईतेको उपचार गर्ने महाकाली यातायातले जनाए पनि आधिकारिक रुपमा समितीका व्यक्तिसंग वार्ता गर्नु भन्दै राजमार्ग अवरुद्ध पारेको उनले बताए। 

चालक र सवारी धनिलाई प्रहरीले मंलबार र्नै नियन्त्रणमा लिएको थियो। दुई जनालाई म्याद थप गरि प्रहरी हिरासतमै राखिएको उनले बताए।

प्रकाशित: ९ पुस २०७६ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App