धादिङ - पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेसी नगरपालिका वडा न ६, चालिसेमा आइतबार बिहान शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ ।
सडक कर उठाउने ढाडको काउन्टर पछाडी जेब्रा झोलामा प्रेसर कुकर बम भेटिएको प्रहरीले जानकारी दिए । नेपाली सेनाको टोलिले डिस्फोज गरिसकेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
उक्त बस्तु बिप्लब समुहले राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित: ३ कार्तिक २०७६ ०६:४५ आइतबार