२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नागढुङ्गा–नौबिसे सडकखण्डको वैकल्पिक मार्ग बनाउने तयारी

राष्ट्रिय योजना आयोगले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउने तयारी गरेको छ।

स्थानीय तहको लापर्बाहीले राजमार्ग क्षतिग्रस्त

प्राविधिक अध्यायन बिना नै जथाभावी शाखा सडक निर्माण गर्दा राष्ट्रिय राजमार्ग क्षती ग्रस्त हुन थालेका छन्। स्थानीय तहले आफुखसी शाखा सडक निर्माण गर्न थाले पछि डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने राष्ट्रिय राजमार्ग क्षती ग्रस्त हुन थालेका हुन्।

सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने

चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो।

यात्रुको हितमा राजमार्ग सुरक्षा योजना

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं नागढुंगा भएर बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारी चापसँगै राजमार्गमा जाम पनि बढेको छ। घुमाउरो र साँघुरो सडकका कारण नौबिसे–नागढुंगा सडकखण्डमा सामान्य समयमा पनि जाम हुन्छ। चाडपर्व सुरु भएपछि यो खण्डमा सवारी चाप बढी हुन्छ। सवारीसाधन बिग्रिएमा त घण्टौँ जाममा बस्नुपर्ने हुन्छ।

पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार ठोक्कियाे, ५ जनाकाे मृत्यु

नवलपुरको पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । कावासोती नगरपालिका–८ मा पर्ने उक्त राजमार्गमा राति सवा १० बजे ट्रक र कार ठोक्किँएको थियो। प्रहरीका अनुसार ज्यान गुमाउने सबै कारमा सवार रहेका छन्र

चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध

सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले पृथ्वी राजमार्गको आँबुखैरेनी सडक खण्ड अवरुद्ध गरेका छन्।

कालोपत्रको माग गर्दै चक्काजाम

महिनौंदेखि भत्किएको पूर्व–पश्चिम राजमार्ग कालोपत्रे नगरेको भन्दै हरिवन नगरपालिकाअन्तर्गत नयाँ रोडवासीले बिहीबार चक्काजाम गरेका छन्।

राजमार्ग बन्यो जलमग्न

सोमबार र मंगलबारको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती खण्ड जलमग्न भएको छ। राजमार्गको आदर्श बसस्टपदेखि जगाती बसस्टपसम्मको दुई÷तीन सय मिटरभन्दा बढी क्षेत्र जलमग्न बनेको हो।

साँफे-मार्तडी राजमार्ग सडक अवरुद्ध

जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग सडक खण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ।

पासङ ल्हामू राजमार्गमा पहिरो, सयौं कन्टेनर बाटैमा अलपत्र

चीनसंगको मूख्य व्यापारिक नाका पासाङ ल्हामू राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि नजिकिएको चार्डपर्वलाई असर पर्ने देखिएको छ। चार्डपर्व लक्षित सामान ढुवानी गर्ने सयौ कन्टेनर बाटैमा अलपत्र परेका छन। बाटो तत्काल खुलाउन नसकिए नजिकिएको चार्डपर्वमा मूल्य वृद्धि तथा सामाग्रीको अभाव हुने सम्भावना देखिएको हो।

‘सरकारले साढे तीन वर्षमा १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्।

कोशी–ल्हासा राजमार्गः पाँच किलोमिटर पार गर्न एक दिन लाग्ने

सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्ग अन्तर्गत पर्ने छ किलोमिटर सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ।

अवरुद्ध रसुवागढी राजमार्ग खुल्यो

पहिराका कारण आइतबारदेखि अवरूद्ध स्याफ्रु–रसुवागढी खण्ड राजमार्ग आजदेखि खुलेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण यहि भदौ १५ गते बिहानैबाट बन्द स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले राजर्माग संञ्चालन गरेकोहो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्