२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पर्यटकीय गन्तव्य बन्दै ऐनापहरा झरना

पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हँुदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

राजमार्ग व्यक्तिकै नाममा

मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) को क्षेत्रफलअनुसारको जग्गा सरकारले लगत कट्टा नगर्दा व्यक्तिकै नाममा रहेको हो।

२५ मिटरको पुल बनाउन आठ वर्ष

ठेक्काको जिम्मा पाएको इसान कन्सट्रक्सनका ठेकेदारले नै पैसा खाएर भागेको स्थानीयको आरोप छ। सुरुमा पुल बनाउन भारतबाट कामदार ल्याइएको थियो तर कामदारलाईसमेत पैसा नदिई ठेकेदार फरार भएपछि स्थानीय आफैंले पैसा उठाएर कामदारलाई तलब दिएका थिए।

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको तिलागुफा नगरपालिका ७ छाप्रेमा पहिरो जाँदा सयौँको संख्यामा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। सोमबार राति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपछि सडकको निसाना नरहने गरि सडक बगाएको थियो।

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ। उक्त खण्ड अन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो।

कर्णाली राजमार्ग अवरुद्ध

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्।

पूर्व पश्चिम राजमार्गमा दुर्घटना

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

कारक स्थानीय सडक

सामान्य वर्षा हुनेबित्तिकै पहिरो जान थालेको स्थानीय बताउँछन्। जुम्लाबाट सुर्खेत झरेका शेरबहादुर बोहोराले भने, ‘ग्रामीण सडकले गर्दा राजमार्ग धरापजस्तै भएको छ।

शाखा सडकले कर्णाली राजमार्ग असुरक्षित

जता राजमार्गकाे सडक साँघुरा छन्, उतैबाट शाखा सडक खनिएका छन्। जसका कारण राजमार्गको कालाेपत्रे उप्किएकाे छ। सडकमा जाेखिम बढेकाे छ।

दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो।

भक्तपुर दुर्घटनामा १६ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुल मुनी आइतबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

राजमार्ग खुला, पहाडी सडक अवरुद्ध

प्रदेश ५ को सबैभन्दा जोखिमयुक्त सडकका रूपमा सिद्धबाबा पहिरोलाई मानिएको छ। सोमबार बिहान सिद्धबाबा क्षेत्रमा ढुंगा खसेपछि झन्डै आधा घन्टा बुटवल पाल्पा सडक अवरुद्ध बनेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बर्खा लागेसँगै यातायात ठप्प

कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ।

तनहुँमा बस दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ। आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो। बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्