२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चार दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षासँगै आएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डस्थित कालेखोलामा ४० मिटर सडकमा पहिरो गएको थियो। जसमध्ये १० मिटर सडकको कुनै निसाना थिए।

कर्णाली राजमार्गमा पहिरो, सडकको निशाना रहेन

आइतबार बिहानदेखि कर्णाली राजमार्गको कालिकोट खण्डको कालेखोलामा बर्षकै ठूलो पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा ठप्प छ। जुम्लादेखि नेपालगञ्ज, सुर्खेत र सुर्खेत, नेपालगंज देखि कालिकोट जुम्ला आउने सवारी साधन र यात्रु अलपत्र छन्। पहिरो पन्छाउन निकै कठिन भएकोले सडक खुल्ने बिषयमा भन्न सकिने अवस्था छैन्। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पहिरोले सडकको निशाना मेटेर लगेकोले तत्काल खुल्ने सम्भावना नरहेको बताए।

पहिरोले सडक भाँसिदा यातायात ठप्प

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोलानजिकै बिहान पहिरो गएको हो।

दुर्घटनामा एकको मृत्यु पाँच घाइते

ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को पृथ्वी राजमार्गस्थित फिस्लिङमा आइतबार बिहान ट्रक र बस ठोक्किदाँ एक जनाको ज्यान गएको छ।गौरबाट भैंसी लिएर काठमाण्डौं जाँदै गरेको ना ७ ख २५६१ नम्बरको ट्रकको पछाडी काँकडभित्ताबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८१९ नम्बरको बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्।

अरनिको राजमार्गको कालोपत्र वर्ष दिनमै भासियो

सडक डिभिजनले २०७३ भदौमा मर्मतसम्भारका लागि ‘अस्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्र सुरु गराएको थियो।

पृथ्वी राजमार्ग हरियाली बनाइँदै

निघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका तथा धुनीबेंसी नगरपालिकाअन्तर्गत पर्ने पृथ्वी राजमार्गका छेउछाउमा बिरुवा रोपिने भएको छ । विभिन्न कारणले उजाड हुँदै गएको सो राजमार्गलाई हरियाली मार्गको रूपमा विकास गर्न सजीवनका पाँच हजार बिरुवा रोपिने गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले बताइन् । ‘

धादिङमा सवारी दुर्घटना, माइक्रो खोलामा खस्याे

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा न १ खयरघारीमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सडक अवरुद्ध हुँदा उपभोग्य वस्तुको अभाव

सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको घुर्मी–कटारी सडक अवरुद्ध हुँदा खोटाङमा दैनिक उपभोग्यवस्तुको अभाव हुने अवस्था सिर्जना भएको छ। पूर्वी शहर तथा दक्षिणका तराईलाई जोड्ने घुर्मी–कटारी सडक अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको अभाव हुने खतरा बढ्दैगएको खोटाङ उद्योग बाणिज्य संघले जनाएको छ।

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

नौ दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग

वर्षाका कारण जताततै खसेको पहिरोले अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण एक साताभन्दा बढी अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको स्थानीयले जनाएका छन्।

बस र भ्यान ठोक्किँदा दुईको मृत्यु, २८ घाइते

मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

सातादेखि मध्यपहाडी राजमार्ग बन्द

बाढी र पहिरोको चपेटामा परेर असार २६ गतेदेखि अवरुद्ध मध्यपहाडी राजमार्ग एक साता बित्दा पनि खुल्न सकेको छैन। राजमार्गका विभिन्न स्थानमा ठूल्ठूला पहिरो गएका छन्, जसलाई पन्छाउन अझै समय लाग्ने देखिएको छ। असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा ठूला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा खोटाङ ओखलढुंगा, सोलुखुम्बुलगायत पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै आवातजावत गर्ने सवारीसाधन चलेका छैनन्। सवारी नचलेपछि यात्रुहरु हिँडेरै यात्रा गर्न बाध्य छन्।

एक सातादेखि मध्यपहाडी राजमार्ग  बन्द

बाढी र पहिरोको चपेटामा परेको मध्यपहाडी राजमार्ग एक साता वितिसक्दा पनि खुल्न सकेको छैन। गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग हालसम्म पनि खुल्न नसकेको स्थानीयले बताएका छन्।

धरापमा विपी राजमार्ग

जथाभावी ट्रयाक सडक निर्माणले विपी राजमार्ग नै धरापमा परेको छ। अव्यवस्थित रुपमा राजमार्गका जताततैबाट ट्रयाक सडक खोल्दा त्यहि ट्रयाकबाट पहिरो खसेपछि राजमार्गनै हाल धरापमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्