२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विपी राजमार्ग एकतर्फी खुल्यो

६ दिनसम्मको लगातारको बर्षाले अवरुद्ध विपी राजमार्ग एकतर्फी खुलेको छ। बनेपा, सिन्धुली बर्दिबास सडक खण्डको ठाँउ/ठाँउमा खसेको पहिरोलाई पन्छाएर एकतर्फी सडक खुलाइएको हो।

बिपी राजमार्गमा जताततै पहिरो

लगातार पाँच दिनदेखि परेको अविरल वर्षाका कारण बनेपा, सिन्धुली बर्दिबास सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको छ। दैनिक सयौं सवारीमा हजारौं यात्रु ओहोरदोहार गर्ने बिपी राजमार्गमा जताततै पहिरो खस्दा सवारी सञ्चालनमा असहजता भएको छ। दुई दिनदेखि नै राजमार्गको पहिरो पन्छाउन जिल्लाका सुरक्षाकर्मीसहित स्थानीय लागि परे पनि आइतबार एकतर्फी मात्रै सवारी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग अझै खुलेन

चार दिनदेखिको अविरल बर्षाका कारण दुई ठूला राजमार्ग अवरुद्ध भएको छ। दुई दिनदेखि नै विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गको पुल भत्किँदा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ ।

पुर्व पश्चिम राजमार्ग अवरूद्ध, आधा दर्जन गाउँ डुबानमा

वर्षाका कारण जिल्लाको आधा दर्जन गाउँ डुबानमा परेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेको हो। तीन दिनेदेखि निरन्तर परेको वर्षा र झरीको कारण बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ ।

पूर्व–पश्चिम राजमार्ग विस्तार फेरि सुरु

राजमार्गभन्दा पहिल्यै बजार बसेको र मुख्य बजारबाट विश्वमा कतै राजमार्ग नहुने भनी हेटौंडालाई मानवबस्ती भन्दै सडक विस्तारको विरोधमा उत्रिएका प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल आजकाल राजमार्ग विस्तारका पक्षमा सकारात्मक कुरा गर्न थालेका छन्।

जामको मौका छोपेर यात्रु ठग्नेको लर्को

वर्षा सुरु भएसँगै पृथ्वी राजमार्गको यात्रा पनि कठिन हुन थालेको छ। पानी पर्नासाथ पहिरो, लेदो बग्ने समस्याले काम विशेषले यात्रामा हिँडेकाहरू समयमा गन्तव्यमा पुग्न पाउँदैनन्, घण्टौं जाम खेपेर आजित बन्नुपर्छ। एकातिर बालुवासहितको लेदो सडकमा थुप्रिँदा गन्तव्यमा हिँडेकाहरू घण्टौं जाममा बस्नुपर्छ भने अर्कोतिर लामो जामको मौका छोपेर यात्रुहरूलाई ठग्नेहरूको लर्को लाग्ने गरेकोे छ ।

कृष्णभीरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, २५ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बस तथा दुुई माइक्रो एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

'व्यवसायी खुसी, यात्रु हैरान'

जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ।

मध्यपहाडी राजमार्ग समयमै सक्ने सुनिश्चतता गरः संसदीय समिति

पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको एक हजार आठ सय ७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गमा बनाउनु पर्ने एक सय ३३ वटा पुलमध्ये हालसम्म ७० वटा मात्र निर्माण हुन सकेका छन्

राजमार्ग कि मृत्युमार्ग ?

सुदूरपश्चिममा मात्र ११ महिनामा २ सय १२ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ। यो निकै ठूलो संख्या हो। यस अवधिमा मात्र २ सय १६ सवारी दुर्घटना भएका छन्। सुरक्षा व्यवस्थामा ध्यान नपुगेकै कारण यस्तो भएको हो।

बस दुर्घटना हुँदा १३ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा बस दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन्। दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ७ ख ८३८२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोलीमा आइतबार बिहान दुर्घटनामा परेको हो।

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको मृत्यु भएको हो।

हुलाकी राजमार्गको गति निकै सुस्त

हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–कलैया–बरियारपुर खण्डको निर्माणमा हेलचेक्रयाइँ गरिएकोे पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्