२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मोटरसाइकलको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा मोटरसाइकलले ठक्कर दिँदा पाँच बर्षीया बालिकाको मृत्यु भएको छ। पोखराबाट दमौली जाँदै गरेको ३–०२–००६ प २५२६ नम्बरको मोटरसाइकलले सडक छेउमा हिडिरहेकी स्थानीय निशा आलेलाई ठक्कर दिँदा मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा सैनिक जवानको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको गाछेपानीमा जिपले मोटरसाईकललाई ठक्कर दिदाँ सैनिक जवनाको मुत्यु भएको छ।

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

अरनिको राजमार्गको बाह्रविसेस्थित साधी खोलामा मोटरेबल पुल जडान गरिएको छ। चार वर्षदेखि बन्द रहेको उत्तरी व्यापारिक तातोपानी नाका सञ्चालनमा आउने भएपछि सवारी आवागमन सहज बनाउन साधी खोलामा बेलिब्रिज हालिएको हो।

मेची राजमार्ग अझै व्यक्तिको नाममा

तीसको दशकमा निर्माण प्रारम्भ भएको मेची राजमार्गले ओगटेको जग्गाको लगत कट्टा नहुँदा त्यसमा परेको जग्गाको धनीपुर्जा अझै व्यक्तिको नाममा छ। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म राजमार्गमा परेको जग्गा अझै पनि सरकारको नाममा आएको छैन।

पहाडमा साइकल अभियान

वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पर्यटन प्रवर्द्धन सघाउने उद्देश्यले युवाले साइकल यात्रा अभियान चलाएका छन्। काठमाडौं, झापा, इलामलगायतका ८० युवा मेची राजमार्गको पहाडी क्षेत्रमा साइकल चलाउँदै शनिबार इलाम सदरमुकाम आएका हुन्।

टिकौलीको ढाट हटाउन माग

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको ढाट हटाउन माग गरिएको छ। रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघद्वारा चितवनको बरन्डाभार जैविक मार्गमा भरतपुरतर्फ राखिएको ढाट हटाउन माग गरिएको हो। बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतलाई ध्यानाकर्षण गराउँदैे ढाट हटाउन माग गरिएको चार बुँदे पत्र बुझाइएको छ।

कर्णाली राजमार्ग: त्रासैत्रासको यात्रा

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। तर जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको ब्यहोर्न बाध्य भए। ‘कर्णाली सडकको दैलेख खण्डसम्म त ठिकठिकै लाग्यो तर कालिकोट खण्ड प्रवेश गर्नेबित्तिकै निकै कठिन यात्रा सुरु भयो,’ उनले भने, ‘यात्राका हरेक पल परिवार सम्झन थालें। बाटोभरि सकुशल जुम्ला पुगिएला कि नपुगिएका भन्ने चिन्तामात्रै थियो।’

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको अनुभूति गर्न थाले। उनले भने, ‘कर्णाली सडकको दैलेख खण्डसम्म त ठिकठिकै लाग्यो तर कालिकोट खण्ड प्रवेश गर्नेबित्तिकै निकै कठिन यात्रा सुरु भयो। यात्राका हरेक पल परिवार सम्झन थालें। सकुशल जुम्ला पुग्ने मात्रै चिन्ता थियो।’

१ चेपाङ मार्ग स्तरोन्नति सुस्त

भण्डाराबाट मलेखु जोड्ने चेपाङ मार्गको ट्र्याक खोलिएको १० वर्ष पुग्न लाग्यो। ६२ किलोमिटर लम्बाइ रहेको सो मार्ग चितवनमा ३५ किलोमिटर र धादिङमा २७ किलोमिटर रहेको छ। तराई–काठमाडौं जोड्ने वैकल्पिक मार्ग बनाउन ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको स्तरोन्नतिको काम भने पूरा हुन सकेको छैन। चेपाङ मार्गले पूर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वी राजमार्गको मलेखुलाई जोड्छ।

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो।

हुलाकी सडकको विवाद समाधान

नेपालगन्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेको छ। संवाद समूह बाँकेको पहलमा वर्षौंदेखिको सडक विवाद साम्य भएको हो।

निकासी हुँदै गरेका गाईगोरु नियन्त्रणमा

पृथ्वी राजमार्ग हुँदै अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेका एक ट्रक गाईगोरु प्रहरी र भेटेरिनरी अस्पताल धादिङले नियन्त्रणमा लिएको छ । कानुनविपरीत राजमार्गबाट दैनिकजसो गाईगोरु भारततर्फ लग्ने गरेको जनगुनासो आउन थालेपछि प्रहरीले अनुगमनका क्रममा नियन्त्रणमा लिएको हो ।

नाका सञ्चालनार्थ दुरुस्त बनाइँदै राजमार्ग

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।

दुर्घटनामा दुईको मृत्यु

पृथ्वी राजमार्गअन्र्तगत धादिङको गल्छी गाउँपालिका–४ बेल्खु खोलामा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइकल र काठमाडौंबाट नवलपरासीतर्फ आउँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्