coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रिपरको ठक्करले साइकलयात्रीको मृत्यु

दुलेगौँडा (तनहुँ)– तनहुँमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बाटो काट्ने क्रममा ट्रिपरले ठक्कर दिदाँ ऋषिङ गाउँपालिका–४ भिरकोट ढुंगागाढे घर भई हाल शुक्लागण्डकी–४ दुलेगौँडा बस्दै आएका २१ बर्षिय कमल विकको मृत्यु भएको हो।

भिमादबाट हलेदीतर्फ गईरहेको ग १ ख ७१७८ नम्बरको ट्रिपरले साइकलमा सवार विकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भिर घाईते भएका विकको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा समान्य उपचारपछि थप उपचारका लागी मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको थियो।

उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यलय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले बताए । उनका अनुसार ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा छन्। सोही स्थानमा केही दिन अगाडी मात्रै दुध बोक्ने जिपले मोटरसाईकललाई ठक्कर दिदाँ सैनिक जवानको मुत्यु भएको थियो। पृथ्वि राजमार्गको दुलेगौँडा कोत्रे सडकखण्डमा भएका खाल्डाखुल्डीले दुर्घटना बढाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

यहाँको सडक बेलाबखतमा मर्मत हुने गरेको भएपनि कमसल निर्माण सामग्रीको प्रयोग र अत्याधिक सवारी भारका कारण महिना दिनमा जिर्ण  बन्ने गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App