२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अवरुद्ध भिमदत्त राजमार्ग पाँच घण्टापछि खुल्यो

डडेल्धुरा- बुधबार मध्यान्हदेखि अवरुद्ध भिमदत्त राजमार्ग बेलुकबाट सञ्चालनमा आएको छ। करिब पाँच घण्टापछि राजमार्ग सुचारु भएको हो। मंगलबार मध्यान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले उचित क्षतिपुर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्।

सडकमा टायर जलाउदै अवरुद्ध पारिदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको आवागमन ठप्प भएको थियो। अवरुद्ध राजमार्ग करिब साढे पाँच बजेदेखि सुचारु भएपछि सवारीसाधन गन्तव्य तर्फ हिडेका छन्।

मृतकका आफन्तले यातायात समितिका अधिकारीसँग क्षतिपुर्तीका विषयमा बिहीबार छलफल गर्ने भनिएपछि अवरुद्ध राजमार्ग सुचारु भएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

कञ्चनपुरको महेन्द्रनगरबाट बंझाङ्गको लागी छुटेको ना ७ ख ६५२२ नम्बरको बस सँग विपरित दिसा तर्फ गइरहेको से ४ प ५८८० नं.को मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० बर्षिय भरत बोहरको दुर्घटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाईकल चालक गन्यापधुरा गाउपालिका–३ सेल्तडाका १९ बर्षिय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। घाइते ठगुन्नालाई उपचारका लागी कैलाली रेफर गरिएको थियो।  

दुर्घटनामा परि ज्यान गुमाएका बोहराको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ। क्षतिपुर्तीको कुराकानी नभएपछि मृतकको पोष्टमार्टम हुन सकेको छैन। महाकाली यातायात समितिका आधिकारिक व्यक्तिसँग उचित क्षतिपुर्तीको माग राख्दै आफन्तले भिमदत्त राजमार्गको अमरगढी नगरपालिका–१ स्याउले बजार र डा.केआई सिंह राजमार्गको अमरगढी नगरपालिका–१० को राईमा सडक अवरुद्ध पारेका थिए।

 बस चालक र धनि लाई प्रहरीले मंलबार र्नै नियन्त्रणमा दिएको थियो। दुई जनालाई म्याद थप गरि प्रहरी हिरासतमै राखिएको उनले बताए।

प्रकाशित: ९ पुस २०७६ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App