२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अस्ट्रेलियाली महिला टाेलीका प्रशिक्षकद्वारा राजीनामा

अस्ट्रेलियाको महिला फुटबल टोली प्रशिक्षक एन्टे मिलिसिचले राजीनामा दिएका छन्।

कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटी परीक्षण

लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटी परीक्षण गरिएको छ ।

अनलाइन कक्षा बन्द र वेतलबी विदा दिने निर्णय फिर्ता लिन आग्रह

निजी विद्यालय संचालकहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले एकतर्फी रुपमा साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलबी घर बिदा दिने निर्णयको घोर विराेध गर्दै संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु)ले निर्णय तत्काल फिर्ता लिन अपिल गरेको छ ।

सम्मानमा विभेद : 'सरकारले प्रशिक्षकको मूल्यांकन गर्न सकेन'

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारले बुधबार विराटनगरमा सम्मान गरेपछि प्रशिक्षकहरूले असन्तुष्टि पोख्न थालेका छन् । १ नम्बर प्रदेशका खेलाडीले साग खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान गर्ने भनेको थियो ।

चेल्सीलाई जिरौडको उद्धार

रेलिगेसनमा परिसकेको नर्विच सिटीसँग संघर्षपूर्ण जित निकालेपछि चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन निकै कठिन हुने बताएका छन्।

इन्जिनियरिङ्ग छोडेर राष्ट्रिय क्रिकेट प्रशिक्षक बनेका नवीन सिंह

करिब डेढ दशक अघिसम्म फुटबल, क्रिकेट, तेक्वान्दो, कराँते लगायतका खेलमा जनकपुरका खेलाडी मुलुकमै अब्बल मानिन्थ्यो ।

टोलवस्तीमै शिक्षक पठाएर पठन–पाठन गर्ने तयारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ का कारण अवरुद्ध शैक्षिक क्रियाकलापलाई सुचारु गराउने तयारी थालेको छ ।

दुई लाख शिक्षकमाथि अत्याचार

विगतमा अतिरिक्त फाइदाको भागिदार शिक्षकलाई नबनाउने विद्यालय सञ्चालकले अहिले सेवा दिन तयार हुँदाहुँदै शिक्षकलाई खाइपाइ आएको सुविधा दिन पछि हट्नु कुनै अर्थमा पनि जायज होइन।

११ वर्षपछि समातिए शिक्षक हत्याका अभियुक्त तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर

शिक्षकको हत्या अभियोग लागेका तराई मुक्ति मोर्चाका तत्कालिन सैन्य कमाण्डरलाई बारा प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाका तत्कालिन शिक्षक प्रदीप कुमार तिम्लसीनाको हत्या आरोपमा फरार रहेका कलैया उपमहानगरपालिका १८ बस्ने तिलक भन्ने नन्दु बैठालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित

कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।

शिक्षकहरू घरघरमै गएर विद्यार्थीलाई पढाउँदै

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय सञ्चालन नहुँदा शिक्षक तथा विद्यार्थी निष्क्रिय बन्दै गएकाले विद्यालयले घुम्ती कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयले सुरुमा इन्टरनेट, मोबाइल, स्थानीय सञ्चारमाध्यम लगायतको बारेमा सर्वेक्षण गरेको थियो ।

गाउँपालिकाले आफ्नै शिक्षक राख्ने

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाले निजी शिक्षकको समस्या अन्त्य गर्ने भएको छ । आ.व. २०७७/७८ को लागि गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय तर्फ रहेका निजी शिक्षकहरुको अन्त्य गर्ने उल्लेख गरेको हो ।

भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वल

नेपाली भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त भएका छन्। गत बुधबार सदस्यसचिवस्तरीय निर्णयानुसार सोही मितिदेखि लागू हुने गरी सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो।

विद्यालयका शिक्षक/ कर्मचारी नाै महिनादेखि तलब पाएनन्

कास्कीको एक विद्यालयका २२ जना शिक्षक तथा कर्मचारीहरु ८ महिनादेखि तलब विहिनभएका छन्। कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटमा रहेको सिताराम माविका १८ जना शिक्षक तथा ४ जना कर्मचारी ८ महिनादेखि तलब पाउनबाट बञ्चित भएका हुन्। विद्यालयको खातामा प्राचार्य र लेखापालको अनिवार्य हस्ताक्षर हुनुपर्ने प्रावधान रहेको र हाल लेखापाल नहुँदा विद्यालयको खातामा पैसा भएपनि निकाल्न समस्या हुँदा तलब खुवाउन समस्या भएको हो।

सांसदले भने : शिक्षकलाई राहत,व्यवसायीलाई ब्याज मिनाहा

‘निजी विद्यालयमा कार्यरत शिक्षकले चैतदेखि तलब पाएका छैनन् । चैतदेखि जेठसम्म त विद्यालय बन्दै थिए, उनीहरूले तलब पाउने कुरै भएन,’ उनले भनिन्, ‘असार १ गतेबाट अनलाइनमार्फत पढाउन थालियो तर अनलाइनको नाममा शुल्क लिन पाइँदैन भनेर विद्यार्थी संगठनले दबाब दिएका छन् ।' ’स्नेहीले महिनौंदेखि व्यवसाय ठप्प भएर दैनिकी नै चल्न गाह्रो भएको अवस्थामा व्यवसायीले ब्याज तिर्न नसक्ने भएकाले मिनाहा गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्