२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘शिक्षकहरू सक्रिय बन्नुपर्छ’

शिक्षा क्षेत्रमा सुधार गर्नको लागि शिक्षकहरू सक्रिय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइईको तयारी

सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन्। उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन्।

शिक्षकद्वारा विद्यार्थीमाथि अभद्र व्यवहार

शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए।

खेल प्रशिक्षक नियुक्ती गर्दै नगरपालिका

खेलकुदको व्यवसायीक विकासका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खेल प्रशिक्षक नियुक्तीको प्रकृया थालेको छ। फुटबल र करातेको व्यवसायीक बिकासका लागि नगरपालिकाले दुई प्रशिक्षक नियुक्तीको प्रकृया सुरु गरेको हो।

यसरी बनेँ म डाक्टर

एसएलसी पास भए पछि के पढ्ने भन्ने भयो । साइन्स पढ्दा वेश हुन्छ, राम्रो गर्‍यो भने विदेश जान सकिन्छ भन्ने कुरा आयो । तर मलाई डाक्टर इन्जिनियर पढ्ने सोच थिएन । आइएस्सी पढे पछि केही नभए शिक्षक हुन पाइन्थ्यो ।

महिला फुटबल टोलीका प्रशिक्षक खड्काले दिए राजीनामा

भारतसँग पराजित हुदैं रजत पदकमा चित्त बुझाउन बाध्य भएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामाका घोषणा गरेका छन्। उनले विराटगरमा समेत उपविजेता बने लगत्तै राजीनामा दिएका थिए। यदपी अखिल नेपाल फुटबल संघले खड्कालाई नै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा प्रशिक्षको जिम्मेवारी सुम्पिएको हो।

डोल्पाका नयाँ शिक्षकद्वारा विद्यालय नपुगी तलब

डोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदस्थापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन्।

दुइटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता

कक्षा ३ मा विद्यार्थीलाई शिक्षकले पढाउँदै गर्दा कक्षा ४ का विद्यार्थी हल्ला गरिरहेको देखिन्थ्यो। कमलामाई नगरपालिका–३, जलकन्यास्थित हायुडाँडामा रहेको प्रावि प्रतापेभञ्ज्याङमा कक्षाकोठा अभावमा एउटै कोठामा दुइटा कक्षा सञ्चालन गर्नुपरेपछि शिक्षक–विद्यार्थी दुवैलाई समस्या भएको छ।

सागका सहभागी: नेपालबाट सर्वाधिक, भूटानबाट न्यून

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यस्थापको अन्तिम संख्या सार्वजानिक भएको छ।

‘नपढाईकन तलब थाप्छन् शिक्षक’

‘विद्यार्थीले पूरा कोर्स नपढीकन परीक्षा दिनुपर्ने बाध्यता छ। विद्यालयमा उपस्थित नहुने र राजनीति गर्ने शिक्षकलाई कारबाही सट्टा राजनीतिक संरक्षण हुन्छ। विद्यार्थी अलमल्याउने र झारा टार्ने पाराले कसरी बिकाउ जनशक्ति उत्पादन हुन सक्छ।’

आन्तरिक प्रतिस्पर्धा गर्नै मौका दिनुपर्ने भन्दै राहत शिक्षक फेरी आन्दोलित

सरकारले आन्तरिक प्रतिसपर्धा गर्ने मौका दिनुपर्ने भन्दै नेपाल राहत शिक्षकहरुले फेरी आन्दोलन गर्ने भएका छन्। अस्थायी शिक्षकलाई जसरी लोकसेवमा आन्तरिक रुपमा प्रतिसपर्धा गराई स्थायी गर्नुपर्ने भन्दै राहत शिक्षकहरुले आन्दोलन गर्ने भएका हुन्।

टोटेनह्याममा माउरिन्हो

२००४ मा चेल्सीको प्रशिक्षण सम्हाल्दा नयाँ अनुहार भए पनि माउरिन्होले इङ्लिस फुटबललाई नयाँ आयाम प्रदान गरेका थिए। चेल्सीमा उनले आफूलाई ‘एक विशेष प्रशिक्षक’ का रूपमा स्थापित गरेका थिए। तर गत साता ओल्ड ट्राफोर्ड छोड्दा भने उनको छवि केही धमिलिएको थियो।

गाउँपालिकाले छान्यो १० शिक्षक

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १० जना शिक्षक छनोट गरेको छ। गाउँपालिकाको अनुदान कोटाको पदपूर्तिका लागि आइतबार माविमा एकजना, आधारभूत तहमा पाँचजना र प्राविमा चारजना शिक्षक चयन गरिएको हो।

शिक्षकको पनि शिक्षक युट्युब

खाली समयमा नेपाल मावि कोटगाउँ रोल्पाका शिक्षकहरुसंगै बसेर मोवाइलमा युट्युुबबाट शैक्षिक सामाग्री निमार्णबारे खोजी गर्छन्। त्यहा सिकाइए अनुसारका सामाग्री तयार गरेर कक्षा कोठामा जाने अधिकतम प्रयास गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्