२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

शिक्षकको पनि शिक्षक युट्युब

मोवाइलमा युट्युब हेर्दै शैक्षिक सामाग्री निर्माण गर्दै नेपाल मावि कोटगाउँका शिक्षकहरु। फोटो: दिनेश नागरिक

रोल्पा - खाली समयमा नेपाल मावि कोटगाउँ रोल्पाका शिक्षकहरुसंगै बसेर मोवाइलमा युट्युुबबाट शैक्षिक सामाग्री निमार्णबारे खोजी गर्छन्। त्यहा सिकाइए अनुसारका सामाग्री तयार गरेर कक्षा कोठामा जाने अधिकतम प्रयास गर्छन्। प्रविधिको अधिकतम प्रयोग गर्दै सकेसम्म गतिलो पठनपाठन गर्नु उनिहरुको चाहाना पनि छ। यतिबेला मोवाइलको युट्युुब शिक्षको शिक्षक बनेको छ।

सीमित साधन श्रोत भित्र असिमित चाहानालाई युट्युबको सिकाइले पनि ठूलै सहयोग गरेको छ। विायगत अनुसारका सामाग्री निर्माण गरेर कक्षा कोठामा जादा विद्यार्थीलाई सिकाउन सहज हुने भएपछि शिक्षकहरुको चासो झनै थपिएको हो। फूल, पुतली, अक्षर अंक जस्ता सामाग्रीले साना विद्यार्थीको सिकाई झनै सहज हुने गरेको छ।

‘आफूसंग शैक्षिक सामाग्री भयो भने कक्षा कोठामा विद्यार्थीलाई बुझाउन सजिलो हुन्छ। शैक्षिक सामाग्री निर्माणको तालिम नपाएका कारण युट्युुबमा सर्च गरेर काम चलाउछौ।’ शिक्षिका अञ्जु रोकामगरले भनिन् ‘यसले विद्यार्थीलाई मात्र नभएर हामीलाई पनि सिकाउन सहज बनाएको छ।’

हिजो आज नेपाल मावि कोटगाउँका कक्षा कोठाका भित्ताभरी शिक्षक विद्यार्थीले प्रयोग गरेका शैक्षिक सामाग्री देख्न सकिन्छ। उक्त सामाग्रीले कोठा पनि शैक्षिक वातावरणमय भएको अनुभूति गराउँछ। ‘खाली पिरियडमा युट्युब हेरेर सामाग्री तयार गर्छौ। त्यहि सामाग्री लिएर कक्षा कोठामा जान्छौ।’ शिक्षिका खुस्मा कुमारी पुनमगरले भनिन् ‘यसो गर्दा सिकाई उपलब्धी पनि बढेको छ।’

शिक्षकहरु शैक्षिक सामाग्री बोकेर कक्षा कोठामा जान थालेपछि विद्यार्थीहरु पनि दंग छन्। विभिन्न आकृती र विषय अनुसारका सामाग्रीले उनिहरुलाई सहज रुपले बुझ्न सजिलो भएको बताउँछन्। ‘सर मेडमहरुले पाठ अनुसारका सामाग्री ल्याएर पढाउन थालेसंगै वातावरण नै रमाइलो बनेको छ।’ विद्यार्थीहरु एक स्वरमा भन्छन ‘हाम्रो कक्षा कोठामा पढ्ने वातावरण राम्रो छ।’

शिक्षकहरु शैक्षिक सामाग्रीसहित कक्षा कोठामा जान थालेपछि आफ्नो विद्यालयको सिकाई उपलब्धी बढेको नेपाल मावि कोटगाउँका प्रअ कृष्णबहादुर पुन बताउँछन्। ‘हाम्रोमा अधिकतम शैक्षिक सामाग्रको प्रयोग हुन्छ। यसले गर्दा विद्यार्थीलाई सिक्न सजिलो भएको छ।’ पुनले थपे ‘शिक्षकहरुले चाहेमा शैक्षिक स्तर सुधार गर्न सकिन्छ। हाम्रोमा नतिजा सुधार हुनुको कारण यो पनि हो।’

जिल्लामा शैक्षिक सुधारमा अब्बल मानिएको नेपाल मावि कोटगाउँमा गरिए जस्तै शैक्षिक सामाग्री निर्माणको सिको अन्य विद्यालयले पनि गर्नु पर्ने जरुरी देखिन्छ। ‘सुनेर भन्दा देखेर धेरै सिक्छ भन्ने मान्यताले शैक्षिक सामाग्री लिएर कक्षा कोठामा जानुपर्छ भनिएको हो।’ जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख दुर्गाबहादुर खड्का भन्छन् ‘अहिले जिल्लामा करिब ३० प्रतिशत जति मात्र शिक्षकले शैक्षिक सामाग्रीको प्रयोग गरिरहनु भएको छ।

जिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनले आफुले काम गर्ने साविकका १५ गाविसका शिक्षकहरुलाई शैक्षिक सामाग्री निर्माणको तालिम दिइरहेको छ। तालिम पाएका शिक्षकहरुलाई सामाग्री निर्माणमा सहज भए पनि अन्य शिक्षकहरुलाई त्यति सजिलो छैन। सिकाई उपलब्धी बढाउन अब स्थानीय सरकारले शिक्षक विद्यार्थीका  आवस्यकतालाई ध्यान दिदै विभिन्न तालिमहरु संचालन गर्नुपर्ने देखिन्छ।

प्रकाशित: ३ मंसिर २०७६ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App