२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘बालोटेली राष्ट्रिय टोलीमा हुनेछैनन्’

इटालीका प्रशिक्षक रोबेर्टो मान्चिनीले सोमबार मारियो बालोटेलीलाई राष्ट्रिय टोलीमा नसमेट्ने स्पष्ट पारेका छन्। ‘जब म मारियो बालोटेलीलाई राष्ट्रिय टोलीमा समावेश गर्छु। त्यो उनको रंगका कारण हुनेछैन। किनभने उनी उत्कृष्ट खेलाडी हुन्,’अल्जेरियाविरुद्ध हुने युरोपियन च्याम्पियनसिप २०२० को छनोटअघि मान्चिनीले भने, ‘म मारियोलाई चिन्दछु र उनलाई माया पनि गर्छु। उनी उत्कृष्ट खेल्छन्।’

प्रशिक्षक इमिरेलाई आर्सनलको चेतावनी

आर्सनलले तत्कालका लागि प्रशिक्षक युनेइ इमिरेलाई नहटाए पनि टोलीको नतिजा भने सुधार गर्न चेतावनी दिएको छ। आर्सनलले लिगका १० खेलमा दुई जित मात्र हात पार्न सकेपछि इमिरे दबाबमा परेका थिए। शनिबार भएको खेलमा पनि आर्सनलले लेस्टर सिटीलाई २–० को नतिजा सुम्पिएको थियो। १२ खेलमा १७ अंक जोडेको आर्सनल छैटांै स्थानमा छ जुन शीर्ष ४ भन्दा ८ अंक कम हो।

शिक्षकलाई तलब खुवाउन महायज्ञ

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ। विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ। विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ।

स्थाई शिक्षक नियुक्ति प्रकृयामा आर्थिक चलखेल हुन नदिन ज्ञापन पत्र

स्थाई शिक्षक नियुक्ति प्रकृयामा आर्थिक चलखेल नहोस भनेर जिल्लामा रहेका शिक्षक संगठनहरुले ५ बुदें माग सहित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। एकिकृत नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीलाई ज्ञापन पत्र बुझाएका हुन्।

म्युनिखद्वारा प्रशिक्षक कोभाच बर्खास्त

बुन्डेस लिगा महारथी बायर्न म्युनिखले आइतबार प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ। शनिबार भएको बुन्डेसलिगा खेलमा इन्ट्र्याक्ट फ्र्यान्कफर्टसँग ५–१ ले स्तब्ध भएपछि बायर्नले प्रशिक्षक कोभाचलाई बर्खास्त गरेको हो। जुन पछिल्लो एक दशकमा बायर्नले बुन्डेसलिगामा भोगेको अहिलेसम्मकै खराब हार हो।

शिक्षकको तलब जुटाउन विद्यार्थीले थाले मैनबत्ती उत्पादन

सिद्धेश्वर मावि हुक्केडाँडाले विद्यालयमै मैनबत्ती उत्पादन गरेको छ। निजी श्रोतका शिक्षकको लागि तलब दिन मैनबत्ती उत्पादन गरिएको हो।

ग्वार्डिओलाद्वारा क्लोपको समर्थन

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगका शीर्ष क्लबहरूको खेल तालिका निकै व्यस्त भएको र त्यसले समस्या निम्त्याउँछ भन्दै दिएको प्रतिक्रियाको समर्थन म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गरेका छन्।

शिक्षकले चलाउँछन् वडा कर्यालय

मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ ।

आर्सनल सेफिल्डसँग पराजित

आर्सनलका प्रशिक्षक युनेई इमिरेले आफ्नो टोली आर्सनल सेफिल्ड युनाइटेडसँग पराजित हुनु दुर्भाग्य भएको बताएका छन्। इङ्लिस प्रिमियर लिगअन्तर्गगत सोमबार भ्रमणकारी टोली आर्सनल तालिकाको नवौं स्थानमा रहेको सेफिल्डसँग १–० ले पराजित भएको थियो।

शिक्षकको तलबलाई १४ लाख रुपैयाँ सहयोग

जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले १४ लाख रुपैयाँ सहयोग गरेको छ। शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सूर्य नेपालले रत्न माध्यमिक विद्यालयमा शिक्षक राख्न १४ लाख रुपैयाँ सहयोग गरेको हो।

शिक्षकको तलब रोक्का प्रकरणः चन्दननाथ र कर्णाली माविको पक्षमा आदेश

विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन नगर्दा चन्ददनाथ नगरपालिकाभित्रका दुई विद्यालयको खाता रोक्का गरेको विषयमा उच्च अदालत सुर्खेत जुम्ला इजलासमा परेको उजुरी उपर आदेश जारी भएको छ।

अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक नेपालमा

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबलटेनिस खेलाडीहरूलाई प्रशिक्षण गर्न स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन्।

राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक

नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षण दिनका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन्।

शिक्षक सरुवा गर्दा नगरपालिकामा तोडफोड, स्थानीय प्रशासन मौन, मेयरले भेटे गृहमन्त्री

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड भएपछि न्याय माग्दै रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्