२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

म्युनिखद्वारा प्रशिक्षक कोभाच बर्खास्त

बर्लिन – बुन्डेस लिगा महारथी बायर्न म्युनिखले आइतबार प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ। शनिबार भएको बुन्डेसलिगा खेलमा इन्ट्र्याक्ट फ्र्यान्कफर्टसँग ५–१ ले स्तब्ध भएपछि बायर्नले प्रशिक्षक कोभाचलाई बर्खास्त गरेको हो। जुन पछिल्लो एक दशकमा बायर्नले बुन्डेसलिगामा भोगेको अहिलेसम्मकै खराब हार हो।

‘एफसी बायर्न म्युनिख प्रशिक्षक निको कोभाचलाई सम्पूर्ण जिम्मेवारीबाट हटाएको पुष्टी गर्दछ,’क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,‘अर्को निर्णय नभएसम्मका लागि सहायक प्रशिक्षक हान्सी फ्लिचले टोली प्रशिक्षण सम्हाल्नेछन्।’

‘पछिल्लो समय टोलीले गरेको प्रदर्शन र नतिजापछि क्लबमा केही परिवर्तन आवश्यक देखिएकाले उक्त निर्णय लिइएको हो,’क्लबका अध्यक्ष कार्ल हेइन्ज रुमेनेगीले भने, ‘म निकोलाई उनका अवधिका लागि धन्यबाद दिन चाहान्छु। बार्यनले च्याम्पियन्स लिग खेलमा बुधबार ओलम्पिकोससँग खेल्नेछ भने शनिबार घरेलु लिगमा बोरुसिया डर्टमन्डविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। एएफपी

 

प्रकाशित: १९ कार्तिक २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App