८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वल

नेपाली भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वलबहादुर सिंह नियुक्त भएका छन्। गत बुधबार सदस्यसचिवस्तरीय निर्णयानुसार सोही मितिदेखि लागू हुने गरी सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो।

काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। वि.सं. २०५२ सालमा सहायक प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए। ब्रह्म स्पोटर््स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकै नै राम्रा खेलाडीमा गनिन्थे।

प्रकाशित: १५ असार २०७७ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App