७ वैशाख २०८१ शुक्रबार
खेल

अस्ट्रेलियाली महिला टाेलीका प्रशिक्षकद्वारा राजीनामा

अस्ट्रेलियाको महिला फुटबल टोली प्रशिक्षक एन्टे मिलिसिचले राजीनामा दिएका छन्।  

२०२० को टोकियो ओलम्पिक २०२० कोरोना भाइरसका कारण एक वर्ष पछि सरेकाले आफू पदमा बसिरहन नसक्ने भन्दै मिलिसिचले पद छोडेका हुन्।  

ओपम्पिकपछि उनले ‘ए’ लिग टोली मार्काथर एफसीको प्रशिक्षण दिने बताएका छन्।  

‘मैले पछिल्लो डेढ वर्ष अस्ट्रेलियाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा बिताएँ। त्यो क्षण यादगार रहनेछ। निर्धारित समयमै प्रतियोगिता भइदिएको भए आज हामी टोकियोमा ओलम्पिक प्रतिस्पर्धा गरिरहेको हुन्थ्यांै,’ मिलिसिचले भने, ‘दुर्भाग्यवश,कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्षपछिका लागि तय भइसकेको छ। मैले तीन वर्षको सम्झौता गरे पनि ओलम्पिकपछि अस्ट्रेलियाली महिला राष्ट्रिय टोलीको प्रशिक्षण छोड्ने घोषणा गरेको थिएँ। त्यसैले मैले पूर्वप्रतिबद्धताअनुसार पद छोडेको हो। मैले ‘ए’ लिग टोली मार्काथर एफसीलाई प्रशिक्षण दिने वचन दिइसकेकाले पनि मैले पद छोडेको हुँ।

सन् २०१९ फेबु्रअरीमा तत्कालीन प्रशिक्षक एलेन स्टारिजिच बर्खास्तगीमा परेपछि मिलिसिचले अस्ट्रेलियाली महिला टोलीको प्रशिक्षण सम्हालेका थिए।

अस्ट्रेलियाले सन् २०२३ मा न्युजिल्यान्डसँगको संयुक्त रूपमा महिला विश्वकप आयोजना गर्दै छ।

प्रकाशित: ५ श्रावण २०७७ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App