पोखरामा कायाकिङ प्रतियोगिता गरिँदै
जेठ दोस्रो साता पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता जेठ १२ गते आयोजना हुने भएको हो।
जेठ दोस्रो साता पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता जेठ १२ गते आयोजना हुने भएको हो।
पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।
पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो।
नयाँ आर्थिक वर्ष २०८०/८१ स संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्। बैठक सबै वडामा गरिने महानगरले जनाएको छ।
पोखराका पर्यटन व्यावसायीले राष्ट्रबैंक पोखरा कार्यालयमार्फत ज्ञापनपत्र बुुझाउँदै व्यावसायी जोगाउने गरि निर्देशिका ल्याउन र आगामि बजेट पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन्।
पोखरामा पछिल्लो दशक खुलेका ठुला लगानीका पर्यटकीय पूर्वाधारलाई आर्थिक रुपमा बढी समस्या छ। किनकी ती पूर्वाधार राम्रोसँग चल्न नपाउँदै मारमा परेका थिए। कतिपयले पिकअप लिँदै गर्दा कोरोना संक्रमण र त्यसपछिको मारमा परेका थिए भने कोरोनाकालमै खुलेका पूर्वाधार त झनै मारमा परेको व्यावसायीको भनाई छ।
नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार पोखरामा हुने भएको छ। नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा हुने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको चारमहिना कटिसकेको छ। पोखराका पर्यटन व्यावसायीले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको पहिलो दिन (२०२३ जनवरी १) देखि नै पोखराबाट कुनै एउटा गन्तव्यसम्म अन्तर्राष्ट्रिय उडान होस भन्ने चाहेका थिए। तर, विमानस्थल संचालनमा आएको चारमहिना नाघिसक्दासम्म अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो नलाग्दा व्यावसायी चिन्तित छन्।
क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।
खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त) सम्मान गर्ने निर्णय गरेको छ।
पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।
खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गरेको छ।
पोखरा र आसपासका क्षेत्रका तालको आकार वर्षेनी घटिरहेको भन्दै सर्वत्र चिन्ता छ। ताल जोगाउन नसके त्यसले मानवीय र प्राकृतिक सम्पदामा असर पार्ने, सिमसार क्षेत्र जोखिममा पर्ने सहित तालमा निर्भर जलचर, चराचुरुंगी लोप हुने तथा स्थानीयको आयश्रोतमा समेत असर पार्ने चिन्ता पनि उत्तिकै छ।
नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।
सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।