६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

चिया श्रमिकलाई खाद्यान्न वितरण

श्रमिकका प्रतिपरिवारलाई २५ सय रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ। मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग नेपाल) र कारितास नेपालले कारितास जर्मनीको सहयोग तथा इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गरेका हुन्।

मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुबै मिर्गौला फेल भएपछि तीन वर्षअघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङले मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन्।

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान

निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो।

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए।

कतारमा मृत फेला परेका बिश्वकर्मा परिवारलाई सहयोग

कतारमा कार्यरत कम्पनीबाट फर्किएपछि खानपिन गरेर सुतेको अवस्थामा आफ्नै कोठामा मृत फेला परेका बिश्वकर्माको छोरीहरुको पठन–पाठन एवं घरायसी कामका लागि कतारमै रहेका शुभेच्छुकको पहलमा आर्थिक सहयोग जुटाइएको हो।

पारा तेक्वान्दोलाई सहयोग

जापानमा हुने पारालम्पिक खेल्ने नेपाली पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित पारा तेक्वान्दोका खेलाडी आर्थिक सहयोग र खेल पोशाक प्रदान गरिएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामाग्री सहयोग

दोश्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नौ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग

महिला संघले वार्षिकोत्सवका अवसरमा मावन सेवा आश्रम रानीवनमा रहेका आश्रितहरूका लागि दुई लाख र बाल सारथी एकेडेमी तिलगंगालाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

कोरोना भाइरस रोकथाममा खटिँदै सहयोगी कार्यदल

पुर्चौडी नगरपालिकाका १० वटै वडा र दशरथचन्द नगरपालिकामा चार वटा वडामा गठन भएका सहयोगी कार्यदलले टोलटोलमा गएर कोरोना भाइरसबारे सचेत गर्दै आएका हुन्।

निम्बसबाट मास्क सहयोग

अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकलाई नेपालभर एक सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ।

प्रवासी गोर्खालीद्वारा ७० लाखको स्वास्थ्य सामाग्री सहयोग

प्रवासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोवल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

मेलम्चीका बाढी पीडितलाई खाद्यान्न सहयोग

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकोले खाद्य सामग्री प्रदान गरेका हुन्।

ग्रेटर रिडिङ नेपाली समाजको सहयोग

ग्रेटर रिडिङ नेपाली समाजले डाक्टर पुष्पमणि खरालको संयोजकत्वमा ती उपकरण मध्यबिन्दु जिल्ला अस्पातल, डण्डा, नवलपरासीमा रहेका बिरामीको उपचारमा सहयोगका लागि प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्