coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मेलम्चीका बाढी पीडितलाई खाद्यान्न सहयोग

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकोले खाद्य सामग्री प्रदान गरेका हुन्। 

हेलम्बु जाने बाटो पहिरोले बगाएपछि त्यहाँ बाढीले क्षतिग्रस्त स्थानका परिवारहरू केही दिनदेखि राहत नपुगेको खबर पाएपछि राहत सामग्रीसहित गएको बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिए।

संस्थापक लामाले दिएको जानकारी अनुसार १ सय बोरा चामल‚ तेल‚ चाउचाउ‚ साबुन‚ त्रिपाल‚ जिरा स्पाइस‚ चिल्ली स्पाइस‚ टरमिक स्पाइस लगायतका सामग्री प्रदान गरेका हुन्।

लामाका अनुसार बर्गर हाउसबाट २ लाख २४ हजार ६ सय ८ र सर्लाहीका अभियन्ता सन्जीव मोक्तानबाट २ लाख ७१ हजार ६ सय ९० गरी ५ लाख ३४ हजार ३ सय ८ रुपैयाँ बराबरको सामग्री प्रदान गरेका छन्।  

यसअघि बर्गर हाउसले करिब १२ लाखको राहत मेलम्चीका बाढी पीडितलाई प्रदान गरेका थिए। हाउसका संस्थापक वसन्त लामाले भने ,‘यो पीडा थाहा पाउने बित्तिकै राहतका लागि हामी तयार भयौँ, अहिले उनीहरूलाई अभाव रहेको रासनपानी व्यवस्था गरेका छौँ।

प्रकाशित: ६ असार २०७८ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App