१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग

सशस्त्र प्रहरी परिवार महिला संघले २०औं वार्षिकोत्सवको अवसरमा मावनअधिकारको क्षेत्रका काम गर्दै आएका दुई संस्थालाई आर्थिक सहयोग गरेको छ। महिला संघले वार्षिकोत्सवका अवसरमा मावन सेवा आश्रम रानीवनमा रहेका आश्रितहरूका लागि दुई लाख र बाल सारथी एकेडेमी तिलगंगालाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।  

संघकी अध्यक्ष सरिता कणेल (खनाल)ले एक समारोहकाबीच मानव सेवा आश्रमका सचिव सुमन बड्र्तौलालाई दुई लाख रूपैयाँको चेक हस्तान्तरण गरिन्। यस्तै महिला संघककी कोषाध्यक्ष सावित्रा कुमारी जैसीले बाल सारथी एकेडेमी तिलगंगाका अध्यक्ष डा. माला खरेललाई एक लाख रूपैयाँ हस्तान्तरण गरेकी थिइन्। उक्त एकेडेमीले पशुपति क्षेत्र वरिपरि बस्ने असहाय तथा गरिब परिवारका करिब एक सय बालवालिकालाई निःशुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आएको छ।  

आफूहरूको सानो सहयोगबाट आश्रममा रहेका व्यक्तिको पालनपोषणमा थोरै भएपनि मद्दत पुगोस् भन्ने उद्धेश्यले उक्त रकम हस्तान्तरण गरिएको संघकी अध्यक्ष खनालले बताइन्। यसभन्दा पहिले पनि आफूहरूले विभिन्न मानविय सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ छ।

प्रकाशित: १८ असार २०७८ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App