६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पारा तेक्वान्दोलाई सहयोग

 जापानमा हुने पारालम्पिक खेल्ने नेपाली पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित पारा तेक्वान्दोका खेलाडी आर्थिक सहयोग र खेल पोशाक प्रदान गरिएको छ।

नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक र खेल पोशाक बिहीबार सहयोग स्वरूप प्रदान गरिएको हो। जापानको मिकीसिटीस्थित एनपिओ रारीगुराँसले कमिटीलाई एक लाख रूपैयाँ नगद सहयोग गरेको छ। रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको नगद रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजकसमेत कसिम मियाँ धोबीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरे। सोही अवसरमा टोकियोमा हुने पारा ओलम्पिक गेम्सको तयारी गरिरहेकी पलेशा गोबद्र्धनसहित उनको ट्रेनिङ पार्टनर विशाल गर्बुजा र सिर्जना तामाङ तथा प्रशिक्षक कविराज नेगी लामालाई ट्य्राक सुट र टिसर्ट प्रदान गरिएको थियो। करिब ४० हजार रूपैयाँ बराबरको सामाग्री प्रदान गरिएको कमिटीका सचिव दीपक विष्टले जानकारी दिए।  

उक्त सामग्री नवकञ्चन बहुउद्देश्यीय सहकारी संस्थाले टोलीलाई उपलब्ध गराएको हो। नव कञ्चनका अध्यक्ष यज्ञराज अवस्थीले उनीहरूलाई सामग्री प्रदान गरे। पलेशा जुलाई १ तारिखदेखि बन्द प्रशिक्षणमा छिन्। पलेशाले  

के–४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्। पारा ओलम्पिकका लागि नेपालबाट छनोट हुने पलेशा हालसम्म एक्लो खेलाडी हुन्। पलेशालाई लामासहित कोरियाली प्रशिक्षक क्वान यङ दल, दीपक विष्ट र रञ्जन श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । पलेशाले बिहान÷दिउँसो २–२ गरी कुल ४ घन्टा प्रशिक्षण गरिरहेकी छन् । पारा ओलम्पिक अगस्ट २५ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ । तेक्वान्दोको स्पर्धा भने सेप्टेम्बर ३ देखि ५ तारिखसम्म चल्नेछ। 

प्रकाशित: २५ असार २०७८ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App