१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निम्बसबाट मास्क सहयोग

कोभिड–१९ को दोस्रो लहरले ल्याएको कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ। अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकलाई नेपालभर एक सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ। 

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाका अनुसार कम्पनीले आफ्नो ज्यान जोखिममा राखी यस महामारीविरुद्ध लड्नेलाई स्वास्थ्य समाग्री सहयोग गरेको हो। निम्बसको स्वास्थ्य सामग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्था (नेपाल प्रहरी, फनएनसिसिआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदि) ले प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ।  

‘अहिलेको विषम परिस्थितिमा धेरैजना अग्रपंक्तिमा रहेर यस संकटबाट बाहिर निकाल्न प्रयासरत छन्। तर उनीहरू नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहेका छन्,’ निम्बसको विज्ञप्तिमा उल्लेख छ। सोही अनुरूप अग्रपंक्तिमा रहेर सेवा दिनेलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामग्रीहरू नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको बताइएको छ।

प्रकाशित: ९ असार २०७८ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App