२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्रेटर रिडिङ नेपाली समाजको सहयोग

बेलायतको रिडिङमा बसोबस गरिरहेका नेपालीहरूको संस्था ग्रेटर रिडिङ नेपाली समाज संघले कोभिड महामारीविरुद्ध लडन मध्यबिन्दु जिल्ला अस्पताल नवलपरासीलाई पाँच थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ। ती कन्सन्ट्रेटरको क्षमता प्रतिमिनेट १० लिटर छ।

ग्रेटर रिडिङ नेपाली समाजले डाक्टर पुष्पमणि खरालको संयोजकत्वमा ती उपकरण मध्यबिन्दु जिल्ला अस्पातल, डण्डा, नवलपरासीमा रहेका बिरामीको उपचारमा सहयोगका लागि प्रदान गरिएको हो।

साथै ग्रेटर रिडिङ नेपाली समाज संघले तीन लाख महावीर पुनको कोभिड १९ विरोधी अभियानको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ।

प्रकाशित: ४ असार २०७८ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App