१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुवै मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका अर्जुन तामाङ। तस्बिर सौजन्य: बाजिन्द्र बिष्ट

खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थान पाँडेगाउँका अर्जुन तामाङले मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको याचना गरेका छन्। दुबै मिर्गौला फेल भएपछि तीन वर्षअघिदेखि नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका तामाङले मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन्। 

हाल बेलका नगरपालिका–१ उदयपुर बस्दैआएका ३३ वर्षीय तामाङको मिर्गौला प्रत्यारोपणकालागि साउन ३० गते भर्ना गर्ने तयारी गरिएको छ। मिर्गौला प्रत्यारोपणका क्रममा कम्तीमा ६ लाख खर्च जुटाउन भनिएपछि हारगुहार गर्दा हालसम्म ३ लाख पनि जुट्न नसकेको तामाङ परिवारले बताएका छन्। उपचार खर्च निकाल्ने आर्थिक अवास्था नभएपछि अर्जुनकी श्रीमती अञ्जना ताामाङले श्रीमानको मिर्गौला प्रत्यारेपण गर्दै जीवन बचाउनकालागि शुभेच्छुक तथा सहयोगी समक्ष सहयोग गर्न आग्रह गरेकी छन्।  

आफ्नै आमाले मिर्गौला दिने भए पनि प्रत्यारोपणका लागि खर्च अभाव भएको तामाङ परिवारले बताएका छन्। मिर्गौला रोगी अर्जुनलाई सहयोग गर्नका लागि उनकै नाममा कुमारी बैंकमा खोलिएको खाता नम्बर एम १३५०११६७४०१००००१ मा रकम जग्गा गर्ने व्यवस्था मिलाइएको छ। तामाङलाई सहयोग गर्नका लागि मोबाईल नम्बर ९८४९७८९२२५ मा फोन गर्न सकिने जनाइएको छ।

प्रकाशित: २६ श्रावण २०७८ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App