१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

खोटाङका पाँच स्वास्थ्य चौकीलाई कोभिड–१९ विरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध भएको छ। पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता सर्वधन राई र कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य रोजन राईको पहलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–५ डुम्रेधारापानी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर, पिपिई, मास्कलगायत स्वास्थ्य सामग्री उपलब्ध भएको हो।  

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए। पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता राईले वडाध्यक्ष ललितकुमार राईलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, १६ पिस पिपिई, एक हजार थान मास्क र ५० थान सेनेटरी प्याड हस्तान्तरण गरेका छन्। 

बाम्राङमा लुम्बिनी विकास कोषका निमित्त सचिव ज्ञानिन राई, कांग्रेस नेता राजेन्द्र राईलगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको थियो। प्राप्त स्वास्थ्य सामग्री वडाध्यक्ष राईले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन्। 

प्रकाशित: २९ असार २०७८ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App