११ मंसिर २०८१ मंगलबार
image/svg+xml

धनकुटा पुनः कोरोना संक्रमण शून्य जिल्ला

धनकुटा जिल्ला पुनः कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। जिल्लामा रहेका सबै संक्रमित निको भएपछि सुंक्रमण शून्य भएको हो। धनकुटामा पिसिआर विधिबाट २ हजार १६३ जनाको कोरोना परीक्षण गरेका मध्य ४५ जनाको पोजेटिभ देखिएको थियो।

उपत्यकामा संक्रमण बढेको बढ्यै, खै नियन्त्रण योजना ?

देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडाैं उपत्यकामा १० हजार चार सय २९ जना छन् । सरकार भने संक्रमण नियन्त्रणका लागि ठोस काम गर्नुको सट्टा जनतामाथि दोष लगाएर उम्किन खोजिरहेको छ ।

कसरी भयो प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंहलाई कोरोना संक्रमण?

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले ज्वरो आउने, घाँटी खस–खस गर्नेलगायत समस्या बढेपछि शिक्षण अस्पताल महाराजगन्जमा पिसिआर परीक्षण गराएकी थिइन्। ‘लक्षण नै देखिएपछि परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्। जोखिम ठाउँमा काम गर्नुपर्ने भएकाले डा. सिंहले यसअघि नै तीनपटक पिसिआर परीक्षण गराइसकेकी थिइन्।

निषेधाज्ञापछि संक्रमण दोब्बर, एकैदिन १७ को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लकडाउन अर्थात् निषेधाज्ञा खुलेपछि कोरोना संक्रमण दोब्बर बढी भएको छ भने मृत्यु संख्या पनि ह्वात्तै बढेको बताएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा संक्रमण दर उच्च बन्दै

मंगलबार प्रदेश २ मा ४९ जना नयाँ संक्रमित थपिँदा ४० जना सिरहामै थपिएका छन्। भदौ २३ देखि हालसम्मको दुई सातामा यस जिल्लामा ६ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्।

‘अन्तिम दिनबाट फर्केर आएँ’

डा. गैरेका अनुसार भाइरसले आफूलाई बचाउन स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा दोस्रो चरणमा देखिएको कोरोना भाइरस पहिलेको भन्दा भिन्न छ। यसले वृद्धमात्र नभई युवालाई पनि गम्भीर अवस्थामा पु-याएको देखिन्छ।

होम आइसोलेसनले बढ्यो संक्रमण: एकैदिन दुई हजार संक्रमित थपिए

शुक्रबार एकैदिन २ हजार २० जना संक्रमित थपिएका छन्। यसअघि औसत १ हजारदेखि १५ सयको हाराहारीमा संक्रमित हुने गरेकोमा शुक्रबार यति ठूलो संख्यामा संक्रमित थपिएका हुन्।

स्वास्थ्य संस्था संक्रमण केन्द्र बन्ने खतरा

प्रदेश ५ मा स्वास्थ्यकर्मीहरूमा संक्रमण बढ्दै जाँदा स्वास्थ्य संस्था नै संक्रमणको केन्द्र बन्ने जोखिम बढेको छ।

काेराेना संक्रमण र मृत्युदर दुबै बढ्ने आँकलन

कोरोना संक्रमण र मृत्युदर थप बढ्न सक्ने विज्ञहरूले औल्याएका छन्। पछिल्लो केही दिन निरन्तर बढिरहेको संक्रमणदर अझै र मृत्युदर पनि थप बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

वीपी प्रतिष्ठानका उपकुलपतिलाई पनि कोरोना संक्रमण

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ।उपकुलपति डा.गिरी स्वयमले पिसिआर रिपोर्ट हिजो(सोमबार) राती पोजेटिभ आएको सार्वजनिक गरेका हुन्। उनले हिजो राती नै प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए।

कोरोना संक्रमणबाट विदेशमा थप ४३ नेपालीको निधन

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाटबाट विदेशमा पछिल्लो एक हप्तामा थप ४३ जनाको निधन भएको छ। गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित दूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ। यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ।

बुटवलमा कोरोना संक्रमणबाट एकको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० बर्षीय पुरुषको उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

युवामा कोरोना संक्रमण धेरै

कर्णाली प्रदेशमा हालसम्म फेला परेका कोरोना संक्रमित मध्ये अधिकांश युवा उमेरका छन्। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमण देखिएका दुई हजार सात सय २५ जना मध्ये ४१ प्रतिशत २१ देखि ३० वर्षभित्रका युवाहरु छन्। यस्तै ३१ देखि ४० वर्षभित्रका २४ प्रतिशत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्