८ वैशाख २०८१ शनिबार
समाज

बुटवलमा कोरोना संक्रमणबाट एकको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० बर्षीय पुरुषको उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।  

भदौ १४गते अस्पताल आएका उनको पछिल्लो ११ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो। भदौ १५ गते उनको रिर्पोट कोरोना पोजेटिभ आएको हो। ती पुरुषमा मधुमेहको समेत समस्या रहेको डा. थापाले बताए।  

यससंगै बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा १५जना र लुम्बिनी प्रादेसिक अस्पतलामा ३ जना गरी १८ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भइसकेको छ।

प्रकाशित: २७ भाद्र २०७७ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App